राजकुमारबाट प्रधानमन्त्री बनेका नेता रणरिद्धको निधन
पेरिस : राजकुमारबाट प्रधानमन्त्री बनेका कम्बोडियाली नेताको निधन भएको छ। पूर्वप्रधानमन्त्री नोरोदोम रणरिद्धको ७७ वर्षको उमेरमा फ्रान्समा निधन भएको हो । सन् १९४४ जनवरीमा कम्बोडियामा जन्मिएका उनी कम्बोडियाका तत्कालिन राजा नोरोदोम सिहानौकका छोरा हुन् भने वर्तमान राजा नोरोदोम सिहामोनीका सौतेला भाइ हुन्।
रणरिद्धले आफ्ना प्रतिद्वन्दवी प्रधानमन्त्री हुन सेनको राजनैतिक छायामा पछिल्ला वर्ष विताइरहेका थिए । पूर्वराजकुमार रणरिद्धले सन् १९९३ मा आफ्नो रोयालिस्ट पोलिटिकल पार्टीको तर्फबाट चुनाव जितेका थिए।
त्यसपछि कम्बोडियाको पहिलो प्रधानमन्त्री बनेका उनको सन् १९९७ मा प्रतिद्वन्दवी हुन सेनले सैन्य 'कू' लागू गर्दै पदच्युत गरेका थिए । कम्बोडियाको सेनाले उनीमाथि अवैधरुपमा हातहतियार तस्करी र षड्यन्त्र गरेको भन्दै ३५ वर्ष जेल सजाय सुनाएको थियो । पछिल्लो समय रणरिद्ध फ्रान्समा बसोबास गर्दै आएका थिए ।