कछुवाको मासु खाँदा सातको मृत्यु
तान्जानिया : कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । तान्जानियाको जन्जिबार द्धीपको पेम्बामा बिहीबार पाँच परिवारले कछुवाको मासु खाएका थिए ।
बिरामी परेका उनीहरुलाई शनिबार स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक बच्चा सहित सात जनाको मृत्यु भएको समाचार बीबीसीमा छ ।
विषालु कछुवाको मासु खाएका ३८ जना बिरामी परेका थिए । उनीहरु मध्ये अधिकांशलाई अस्पतालले घर फिर्ता पठाएको छ ।