कोहलीलाई जडेजाले उछिने

कोहलीलाई जडेजाले उछिने

नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक पारिश्रमिक लिँदै आएका भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अर्का भारतीय अलराउन्डर रवीन्द्र जडेजाले उछिनेका छन्।

आईपीएलमा यसअघिका आठ टोलीले २७ खेलाडी रिटेन गर्दा कोहलीलाई जडेजाले उछिनेका हुन्। चेन्नई सुपर किङ्सका जडेजा १६ करोडमा रिटेन हुँदा आईपीएलका सर्वाधिक महँगा खेलाडी विराट कोहलीको मूल्य १५ करोडमा झरेको छ। रोयल च्यालेन्जर बेंग्लोरका कप्तानसमेत रहेका कोहलीले यसअघि १७ करोड भारु पारिश्रमिक पाउँदै आएका थिए।

यस पटक जडेजासँगै दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई पनि १६ करोड भारुमा रिटेन गरिएको छ। 

चेन्नईले कप्तान महेन्द्रसिंह धोनीलाई १२ करोड, इङ्ल्यान्डका अलराउन्डर मोइन अलीलाई आठ करोड र युवा ब्याट्सम्यान ऋतुराज गइकवाडलाई ६ करोड भारुमा रिटेन गरेको छ। यस्तै दिल्लीले स्पिनर अक्सर पटेललाई ९ करोड, युवा ब्याट्सम्यान पृथ्वी शलाई सात करोड ५० लाख र दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोट्जेलाई ६ करोड ५० लाखमा रिटेन गरेको छ। 

यसैगरी कोलकाता नाइट राइडर्सले वेस्ट इन्डिजका बलर आन्द्रे रसेललाई १२ करोड, युवा बलर बरुण चक्रवर्ती र वेंङ्कटेस अयर आठ करोड र वेस्ट इन्डिजका अलराउन्डर सुनील नारिन ६ करोडमा रिटेन गरेको छ। यस्तै मुम्बई इन्डियन्सले तीव्र गतिका बलर जसप्रतीत बुमराहलाई १२ करोड, ब्याट्सम्यान सूर्यकुमार यादवलाई आठ करोड र वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई ६ करोडमा रिटेन गरेको छ। पञ्जाव किङ्सले प्रारम्भिक ब्याट्सम्यान मायांक अग्रवाललाई १२ करोड र बलर अर्सदीप सिंहलाई चार करोडमा रिटेन गरेको छ। 

यसैगरी राजस्थान रोयल्सले सञ्जु सामसङलाई १४ करोड, जस बटलरलाई १० करोड र युवा बलर यजश्वी जैसवाललाई चार करोड भारुमा रिटेन गरेको छ। यस्तै बेंग्लोरले ग्लेन म्याक्सवेललाई ११ करोड र भारतीय बलर मोहमद सिराजलाई सात करोडमा रिटेन गर्दा सनराइजर्स हैदरावादले कप्तान केन विलियम्सनलाई १४ करोडमा टोलीमै राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.