यसरी सुरु भयो सुदूरपश्चिममा कांग्रेस प्रदेश अधिवेशन (फोटोफिचर)

यसरी सुरु भयो सुदूरपश्चिममा कांग्रेस प्रदेश अधिवेशन (फोटोफिचर)

धनगढी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ। सुदूरपश्चिममा पनि कांग्रेस प्रदेश अधिवेशन सुरु भएको छ । धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन सुरु भएको हो ।

अधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गरे। प्रदेशका ९ वटै जिल्ला कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, बझाङ अछाम र बाजुराका प्रतिनिधिहरु धनगढी पुगिसकेका छन्।  पहाडि जिल्लाबाट नेता तथा कार्यकर्ताहरु आउनेक्रम जारी रहेको अधिवेशन मुल आयोजक समितिले जनाएको छ ।

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि आकांक्षी कांग्रेस नेताहरुले दौडधुप तीव्र बनाएका छन् । आकांक्षीहरु उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन् । अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, बझाङ घर भएका पूर्वराज्यमन्त्री तथा पूर्वराजदूत अर्जुनजंगबहादुर सिंह र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष डोटीका नेता पुष्पकुमार शाहीले प्रदेश सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन्।

लगातार दुई कार्यकालदेखि कांग्रेस कैलालीको सभापति रहेका नरनारायण शाह र कैलालीकै लम्कीका हिमबहादुर रावलले पनि प्रदेश सभापतिमा उमेदवारी घोषणा गरेका छन् । तर सभापतिमा देउवा र पौडेल पक्षको साझा उमेदवारको खोजी भइरहेको छ ।

डोटीका कांग्रेस नेता वीरबहादुर बलायरलाई प्रदेश सभापतिमा साझा उम्मेदवारका रुपमा अगाडि बढाउने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ । शुक्रबार मनोनयन र शनिबार निर्वाचन हुने कार्यतालिका रहेको छ । प्रदेश अधिवेशनमा कानुनमन्त्री दिलेन्द्र बडु, पूर्वमन्त्रीहरु द्वय रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरसहितका नेताहरुको सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.