सुदूरपश्चिम कांग्रेसमा दुई प्यानल चुनावी मैदानमा, यी हुन् उम्मेदवारहरु

सुदूरपश्चिम कांग्रेसमा दुई प्यानल चुनावी मैदानमा, यी हुन् उम्मेदवारहरु

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा पनि संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुई दिन देखिको छलफलमा सहमति जुटन नसकेपछि संस्थापन पक्षबाट डोटीबाट नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र इतर पक्षबाट कैलालीका नारायण दत्त मिश्रले मनोनयन दर्ता गरेका छन्।

बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गरिएको थियो। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सातवटै प्रदेशको उद्घाटन गरेका थिए।

त्यसपछि दुबै पक्षले डोटीका वीरबहादुर बलायरलाई सर्वसम्मत प्रदेश सभापति बनाउनुपर्ने भन्दै छलफल चलाएका थिए। ‘तर त्यसमा सहमति हुन सकेन, कैलालीका नर नारायण शाह (मनु)ले सभापतिमा उमेदवारी नदिए, अरु कसैलाई पनि स्वीकार गरिँदैन भन्दै मिश्रले अडान लिएपछि सहमति हुन नसकेको हो,’ एकजना महाधिवेशन प्रतिनिधिले भने।

संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी (बैतडी) र जनक चौधरी (कैलाली), महामन्त्रीमा नरनारायण शाह (कैलाली) र मेघराज खड्का (अछाम), सह-महामन्त्रीमा अम्बिका चलाउने (अछाम), चिन्तामणी भट्ट (कञ्चनपुर) र गोपालदत्त भट्ट (कञ्चनपुर) उम्मेदवार भएका छन्।

त्यस्तै संस्थापन इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ। उक्त पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले उम्मेदवार दिएको निर्वाचन समितिले जनाएको छ।

५१ जना सदस्य पदका लागि १२२ जनाको उम्मेदवारी परेको छ। शनिबार विहान ९ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.