इच्छाराज पीडित सडकमा

इच्छाराज पीडित सडकमा

काठमाडौं : विश्वनाथ सिंहसँग काठमाडौंका प्रायः सबै इन्जिनियरिङ क्याम्पसमा पढाएको अनुभव छ। उनले ४६ वर्ष त पुल्चोक इन्जिनियरिङ क्याम्पसमै पढाए। अरू ८ वर्ष अन्य इन्जिनियरिङ क्याम्पसमा पढाए। 

उनले जीवनभरको कमाइ सिभिल सहकारी कोअपरेटिभमा राखे। सिभिलमा उनको १ करोड १९ लाख निक्षेप छ। इच्छाराज तामाङ उनका चेला हुन्। विश्वनाथले तामाङलाई तीन वर्ष पढाए। अध्ययन पूरा गरेर तामाङ केही वर्षपछि सोही क्याम्पसमा पढाउन आए। 

विश्वनाथले पाँच वर्षअघि ८० लाख रुपैयाँ निक्षेप राखेका थिए। चेलाको विश्वास गरी निक्षेप राखेको बताउँछन्। ‘भन्छन्, ‘ठग्ने नियतभन्दा पनि परिस्थितिले यस्तो बनायो होला, छिट्टै निक्षेप फिर्ता पाउने आशामा छु।’ उनले तीन वर्षदेखि साँवा, ब्याज केही पाएका छैनन्। उनले निक्षेप परिपक्व बनाउन सिभिलबाटै ऋण लिएर त्यसैमा जम्मा गरेको बताउँछन्। 

गुल्मीका गणेश गुरुङ (विनोद) सिभिल सहकारीको सदस्य भई बचत गर्न थालेको १० वर्ष भयो। १८ प्रतिशतसम्म ब्याज पाइने भएकाले उनले सहकारी रोजे। उनको ७ लाख बचत छ। दुई वर्षअघिदेखि ब्याज नपाएकोमा उनी चिन्तित छन्। कम्तीमा सावाँ मात्रै भए पनि दिएमा उनी सन्तुष्ट हुने बताउँछन्।  

 रूपक लुइँटेलका चार जना परिवारको गरी एक करोड निक्षेप छ। उनले सुरुमा १४ प्रतिशत ब्याज पाइने भनेर निक्षेप राखे पनि पछिल्लो समयमा ४ प्रतिशतमा सीमित हुन पुगेको बताउँछन्। उनी सहकारीमा २०७३ देखि जोडिएका हुन्। सिभिलको सम्पत्ति प्रशस्त रहेकाले निक्षेप फिर्ता पाइनेमा उनी ढुक्क छन्।  जे पौडेल छोराको बिहेका लागि पैसा माग्न सिभिल सहकारी पुगे। तर उनले दुई वर्षदेखि निक्षेप फिर्ता पाउन सकेका छैनन्। आफ्नो निक्षेप फिर्ता नपाएपछि उनले बिहे टार्न १० लाख रुपैयाँ ऋण लिए। तर सहकारीले कागज गर्दा १३ लाख ५० हजार रुपैयाँको कागज बनायो।  गायत्री गोर्खाली अहिले एक्लै छिन्। उनलाई खान, लगाउन, औषधि उपचार गर्नसमेत धौ धौ भइरहेको छ। जीवनभरको कमाइ सहकारीमा राखेर अहिले पछुतो भएको उनले बताइन्। उनको करिब १ करोड निक्षेप सिभिलमा छ। 

यी त प्रतिनिधि पात्र मात्रै हुन्। सिभिल सहकारीबाट दुई हजारभन्दा बढी ठगिएका छन्। निक्षेप राखेकामध्ये बिरामी भएका आठ जनाको उपचार नपाई निधन भइसकेको छ। ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बचतबाटै दैनिक घर खर्च चलाउनुपर्ने बचतकर्तालाई सिभिलबाट एक पैसा पनि नपाउँदा चरम आर्थिक संकट परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा १ हजार ५ सय २० जनाले ५ अर्ब ७७ करोड रुपैयाँ ठगिएको उजुरी दिएका छन्। अरू ५ सय जनाले उजुरी नदिए पनि संस्थाको ८ अर्ब ५७ करोड बढी जोखिममा छ। तामाङले ९० प्रतिशत बढी आफ्नै कम्पनीमा मनोमानी ढंगले ऋण लगेकाले संस्था टाट पल्टेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.