श्रीलंकामा पनि देखियो ओमिक्रोन भेरियन्ट

श्रीलंकामा पनि देखियो ओमिक्रोन भेरियन्ट

कोलम्बो: घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिनअघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ।

उनलाई हालः क्वारेन्टीनमा राखिएको छ। उनको उपचार क्वारेन्टीनमै भइरहेको बताइएको छ। उनको अवस्था भने त्यति गम्भीर नपाइएको बताइएको छ। अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए।

उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए। यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो।

यो भाइरस केही दिनमै विश्वका विभिन्न देशमा देखिइसहेको छ। अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.