अत्तरिया–धनगढी, यात्रा फिलिली

अत्तरिया–धनगढी, यात्रा फिलिली

धनगढी : सेती लोकमार्ग, महाकाली करिडोर र धनगढी–दीपायल द्रुत मार्गको कार्य कछुवा गतिमा भइरहँदा अत्तरिया–धनगढी सडक भने फिलिली भएको छ। सजावट बाँकी भए पनि कालोपत्रे भइसकेकाले यात्रुलाई सहज भएको छ। 

नेपाल–भारत सीमा गौरीफन्टा (मोहना किनार)बाट सुरु भएको यो सडक अत्तरियासम्म झन्डै १४ किलोमिटर छ। सरकारले आव २०७३/०७४ सालको जेठमा तीन प्याकेज गरी ठेक्का लगाएको थियो। 

पहिलो ठेक्का मोहना–बोराडाँडी चार किलोमिटरको छ। अमर–शर्मा–नागार्जुन जेभीले ५७ करोड ७६ लाखमा ठेक्का पाएको थियो। यस प्याकेजमा ६ लेन कालोपत्रे सकिएको छ। रेलिङ, फुटपाथ, सर्भिस रोड निर्माण, ट्राफिक चिह्न, रङरोगन र बायोइन्जिनियरिङको काम बाँकी छ।

मोहना–अत्तरिया सडक योजनाका सूचना अधिकारी भुवनबहादुर खड्काले यो प्याकेजको निर्माण ९० प्रतिशत सकिएको बताए। 

दोस्रो प्याकेज बोराडाँडी–गेटा साढे चार किलोमिटरमा पनि कालोपत्रे सकिएको छ। लुम्बीनि–राजेन्द्र–डाँफे जेभीले ५० करोड २६ लाखमा ठेक्का यसको पाएको थियो। गेटादेखि अत्तरियासम्म भने करिब ८५ प्रतिशत मात्रै काम भएको छ। लामा–राजेन्द्र–डाँफे जेभीले ५४ करोड ४२ लाखमा ठेक्का लिएको थियो। यस खण्डमा पनि फिनिसिङका काम मात्रै बाँकी रहेको योजनाले जनाएको छ।

यो आयोजनाको काम सुरुमा तीव्र गतिमा भएको थियो। फिनिसिङमा ठेकेदारले केही लापरबाही गरिरहेको खड्काले बताए। कार्यालयले तीनै प्याकेजमा चार/चार पटक म्याद थपिसकेको छ। 

चौथो पटक थपिएको पहिलो प्याकेजको म्याद चैत मसान्तमा सकिँदैछ। ‘निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ,’ खड्काले भने, ‘अब पनि सम्पन्न नगर्नेलाई जरिवाना तिराउँछौं।’  त्यस सडकमा तीनवटा पुल बन्न सकेका छैनन्। 

‘पुल नबने पनि सडक सुचारु नै छ। तर, ठूला र सुविधासम्पन्न पुल भने बन्ने प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘सडक फिनिसिङ र पुल निर्माण तीव्र बनाउनेमा हाम्रो ध्यान केन्द्रित छ।’ गेटा नजिकमा पर्ने मनहरा पुल र सुनिखोला पुलको भने ठेक्का भइसकेका छन्। मनहरा पुलको ६ करोडमा शनिदेव उच्चकोटी शानिन्द्रश्वर जेभीले ठेक्का पाएको छ। २०७८ जेठमा ठेक्का पाए पनि निर्माणको काम सुरु नभएको हो।

यस्तै सुनिखोला पुलको राजेन्द्र निर्माण सेवाले तीन करोडमा ठेक्का पाएको छ। त्यहाँ पिलर राख्ने काम भइरहेको छ। अझ सीमा क्षेत्रमा रहेको मोहना नदी माथिको पुलको ठेक्का हुन सकेको छैन। 

‘आर्थिक प्रस्ताव पास भएर प्राविधिकका लागि विभागमा पठाएका छौं, अब लगत्तै ठेक्का हुन्छ’, कार्यालयका लेखा अधिकृत शिद्धराज पाण्डेले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.