बाइडेन र पुटिनबीच भर्चुअल वार्ता हुँदै

बाइडेन र पुटिनबीच भर्चुअल वार्ता हुँदै

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच भर्चुअल वार्ता हुने भएको छ । युक्रेन सम्बन्धमा दुई देशका राष्ट्रपतिबीच मंगलबार भर्चुअल वार्ता हुन लागेको हो । अमेरिकी राज्य सचिव एन्टोनी ब्लिङकनले रुसले युक्रेनमाथि जुनसुकै समयमा आक्रमण गर्न सक्ने योजना बुनेको र त्यसको प्रमाण अमेरिकासँग भएको बताएपछि बाइडेनले पुटिनसँग भर्चुअल वार्ता गर्न लागेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।

पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढिरहेको छ । रुस र युक्रेनको सीमा नजिकै रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको र जुनसुकै समयमा आफूमाथि हमला हुने युक्रेनले बताउँदै आएको छ । यद्यपि, युक्रेनमाथि आक्रमण गर्ने सम्बन्धमा आफ्नो कुनै मनसाय नभएको र सीमा क्षेत्रमा युक्रेनले आफ्नै सेना परिचालन गरेको आरोप रुसले लगाउँदै आएको छ ।

मंगलबारका लागि तय भएको भर्चुअल वार्तामा बाइडेनले दुवै देशको सीमा क्षेत्रमा रुसी सेनाले गरेको गतिविधिबारे चासो राख्ने बताइएको छ । युक्रेनको सार्वभौमसत्ता र अखण्डताका लागि अमेरिकाले समर्थन गर्ने सम्बन्धमा समेत दुवै राष्ट्रपतिबीच छलफल हुने शनिबार अमरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.