लुम्बिनीको राजधानीमा धमाधम पूर्वाधार निर्माण

लुम्बिनीको राजधानीमा धमाधम पूर्वाधार निर्माण

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा प्रदेश पूर्वाधार निर्माणका कामले तीव्रता पाएको छ। सबैले चासो र जिज्ञासा लिएको प्रदेशसभा भवन निर्माणको कामले अहिले तीव्रता पाएको हो। 

पछिल्लोपटक मंसिर मसान्तसम्ममा निर्माणको काम सक्ने गरी सम्झौता भएको प्रदेश सभा भवन निर्माण कम्पनीले कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। ५ करोड २१ लाख लागतमा निर्माण हुन लागेको प्रदेश सभा भवन निर्माणको काम ड्रागन बस्नेत जेभिले लिएको र अहिले रातदिन काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अनन्तराज घिमिरेले बताए। 

'हामीले तोकेकै समयमा काम सक्ने गरी निर्माण व्यवसायीलाई निर्देशन दिइरहेका छौं', उनले भने, 'अहिलेसम्म ६०—७० प्रतिशत काम पूरा भएको छ। दिन रात काम भइरहेको छ। बाँकी काम पनि समयमै पूरा हुन्छ। भवनको बाहिरी सजावटको केही खाका परिवर्तन भएकाले  निर्माण पूरा गर्न केही समय थप लाग्न सक्ने छ।' 

निर्माणाधीन दुई तले भवनको पहिलो तला ढलान गर्नेदेखि सभा स्थलमा कुर्सी राख्ने मञ्च निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ। भवन निर्माणको जिम्मा ड्रागन बस्नेत जेवी निर्माण कम्पनीले गरिरहेको छ। गत वर्ष नै पूरा हुने भनेको भवन निर्माण व्यवसायीको लापरवाहीका कारण ढिला भएको हो। प्रदेशमा नयाँ सरकार फेरिएपछि पुन निर्माणको काममा ताकेता भएपछि निर्माणलाई तीव्रता दिन थालिएको हो। 

करिब एक वर्षभित्र निर्माण हुन नसकेको प्रदेशसभा भवन निर्माणको काम पेटी ठेकेदारबाट मुख्य ठेकेदारले आफैं जिम्मा लिएपछि भवन निर्माणले गति लिएको छ। राती र दिउँसो गरी दुई सिफ्टमा निर्माणको काम भइरहेको हुँदा अहिले ६० प्रतिशतभन्दा धेरै भवन निर्माणको काम भएको विकास प्राधिकरणले जनाएको छ।

मंसिर महिनाभित्र प्रदेशसभा भवन निर्माण गरेर हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए। प्रमुख कार्यकारी अधिकृत घिमिरेले लुम्बिनी प्रदेशको पहिचान झल्कने गरी भवनको डिजाइनमा केही परिवर्तन गरेर प्रदेशसभा भवन निर्माणको काम भइरहेको बताए।  पहिलेको भन्दा केही फरक तरिकाले भवनको बाहिरी सजावट निर्माण गर्नु पर्ने भएकोले अहिले त्यसका लागि प्रदेश सरकारको निर्णय कुरिरहेको बताए।

'सरकारबाट नयाँ निर्देशन आयो, हामीले त्यसलाई पूरा गर्न सरकारबाट निर्णय गरिदिनुहोस् भनेका छौं', घिमिरेले भने, 'जति छिटो निर्णय आउँछ, उति छिटो काम हुने हो।' उनले सरकारको निर्णय आयो भने काम पूरा गर्न २० देखि ३० दिनसम्म समय थप लाग्ने बताए। सम्झौता अनुसार प्रदेशसभा भवन निर्माणको काम ४५ दिनमा सक्ने गरी निर्माण सुरु भएको थियो। अन्य पूर्वाधारको काम राजधानी पूर्वाधार निर्माण गुरु योजना अनुसार अघि बढाइने घिमिरिले बताए। उनले अन्य पूर्वाधारका लागि अब प्रक्रिया थालिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.