दुई समुदायबीच झडप हुँदा २४ को मृत्यु

दुई समुदायबीच झडप हुँदा २४ को मृत्यु

खार्तोम : सुडानको डार्फुर क्षेत्रमा दुई समुदायबीच झडप हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार अरबी र गैह्रअरबीबीच भएको झडपमा २४ जनाको मृत्यु भएको हो ।

झगडाको सुरुवात क्रिन्डिङ क्याम्पमा दुई व्यक्तिको आर्थिक मामिलाबाट भएको समाचारमा बताइएको छ । दुई व्यक्तिबीचको झगडा समुदायमा पुगेको हो । 

लडाकु भनेर पनि चिनिने अरब समुदायले आइतबार सबेरै क्याम्पमा आक्रमण गरेका थिए । उनीहरूले क्याम्पमा आक्रमण गरी धनमाल समेत लिएर गएका थिए । आक्रमणमा थप ३५ जना घाइते भएको बताइएको छ ।

आइतबार ‘ह्यास्ट्याग क्रिन्डिङ इज ब्लिडिङ’ ट्वीटरमा ट्रेन्डिङ परेको थियो । ट्वीटरमा ह्यास्ट्याग गर्दै मानव संहारको दर्दनाक फुटेजहरू पोस्ट गरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.