कांग्रेस लुम्बिनी सभापतिमा पौडेल समूहका अमरसिंह पुन विजयी

कांग्रेस लुम्बिनी सभापतिमा पौडेल समूहका अमरसिंह पुन विजयी

बुटबल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर पक्षका अमरसिंह पुन विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् ।उनले ८ सय ८२ मत प्राप्त गरे । त्यस्तै संस्थापनका शाहले ७ सय ६७ मत पाएका छन् । रोल्पा जिल्लाका पूर्वसभापति समेत रहेका पुनले सङ्घीय सांसद समेत रहेका रुपन्देहीका भरत शाहलाई ८५ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

एकजना उपसभापति राजु खनाल मात्र संस्थापन पक्षबाट विजयी भएका छन् । अरु सबै पदाधीकारीमा पुन प्यानलले जितेको हो । उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठले ८ सय ४७ र दाङका राजु खनालले ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । खनालसँग पुन समूहका रुपन्देहीका अष्टभुजा पाठक पराजित भएका हुन्।

महामन्त्रीमा नवलपरासीका विक्रम खनाल ८ सय ४४ र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी भएका छन् । सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान ८ सय ५९ र दाङका खगराज पाण्डे ७ सय ७६ मत ल्याएर निर्वाचित भएका छन् ।

सहमहामन्त्री महिलातर्फ प्युठानकी निमा गिरी ८ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् । विजयी ८ जना पदाधिकारीमध्ये एकजना उपसभापति राजु खनालबाहेक सबै अमरसिंह पुनले नेतृत्व गरेको संस्थापन इतर समूहको प्यानलका उम्मेदवार हुन् । शनिबार भएको चुनावमा १ हजार ६ सय ३१ मत खसेको थियो ।

विजयी भएका पुन कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् । पुन कांग्रेसका केन्द्रीय नेता दीपक गिरी, चन्द्र भण्डारी, संजय गौतम लगायतका नेताहरुको समर्थनमा अगाडि बढेका थिए । देउवा समूहबाट रुपन्देहीका प्रभावशाली मानिएका शाह प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिका सभापति हुन् । उनलाई कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्य पुस्पा भुसाल, मानबहादुर विक, देवेन्द्रराज कंडेललगायतका नेताको साथ थियो ।

तर, निर्वाचनमा उनी पराजित रहे । नेता डा.चन्द्र भण्डारी सामाजिक सञ्जालमा लेख्छन्-‘परिवर्तनका सन्देश बाहक गुरु धिमिरे र अष्टभुजा पाठकको मत परिणामबाट रुपान्तरणकारीहरु माथि चुनौती थपिएको छ । नेपालजस्तो देशमा राजनीति विचार र इमान्दारिताबाट मात्र चल्दैन । समय छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.