मोदी भेट्न आज भारत पुग्दै पुटिन, सैन्य सहकार्यको तयारी

मोदी भेट्न आज भारत पुग्दै पुटिन, सैन्य सहकार्यको तयारी

नयाँ दिल्ली : रुसी राष्ट्रपति भ्लाद्मिर पुटिन एकदिने भ्रमणका लागि सोमबार भारत जाँदै छन्  ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको प्रत्यक्ष भेटवार्ताका लागि उनी भारत पुग्न लागेका हुन् । रुस–भारतको २१ औं वार्षिक सम्मेलनका अवसरमा राष्ट्रपति पुटिन र मोदीबीच भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि दुई नेताबीच सन् २०१९ नोभेम्बरमा ब्रिक्स सम्मेलनको अवसरमा ब्राजिलमा भेट भएको थियो ।

कोभिड १९ को नयाँ भेरियन्टले पुटिनको भ्रमणलाई केहि प्रभावित बनाउने भारतीय मिडियामा खबर छ । 

सो वार्ताको मुख्य मुद्दा एस–४०० डिफेन्स प्रणाली आपूर्तिको रहने बताइएको छ । भारतीय मिडियाका अनुसार पुटिन र मोदीको सो भेटलाई महत्वपूर्ण भेटको रुपमा लिइएको छ । रुस र भारतको सो भेटवार्तामा सैन्य सहकार्यसहित विभिन्न १० वटा सम्झौतामाथि अन्तिम निर्णय गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.