भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर मारिए

भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर मारिए

कराकस : भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु भएको छ। उनको भेनेजुयलास्थित आपुरे राज्यस्थित एम्बुसमा परि मृत्यु भएको हो । भाडामा लिइएका हत्याराहरुले थापेको एम्बुसमा परि उनको मृत्यु भएको हुनसक्ने स्थानीय मिडियामा खबर छ । यद्यपि आधिकारिक रुपमा उनको मृत्युको पुष्टि भइ नसकेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार कोलम्बियाको आर्मीले एल पेसाको मृत्युबारे आफू बेखबर रहेको बताएको छ भने कोलम्बियन अधिकारिहरुले समेत उनको मृत्यु भएको हो या हैन भन्नेबारे पुष्टि भइ नसकेको बताएको छ ।

उनको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । हर्नान डेरिओ वेलास्क्विज उर्फ एल पेसा कोलम्बियाको विद्रोही समूह रिभोलुसनरी आम्र्ड फोर्सेस अफ कोलम्बिया (फार्क)का कमाण्डर हुन् । फार्क विद्रोहीहरु माक्र्सवादी समूहका थिए । जसले कोलम्बियाको सरकारविरुद्ध ५० वर्षसम्म युद्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.