आफ्नै चित्र हेरेर जब शताव्दी पुरुष मख्ख भए (फोटो फिचर)
काठमाडौं: ललितपुरको बखुम्बहालस्थित आफ्नै निवासमा रहेको लोक सहित्य प्रतिष्ठानमा सोमबारबाट प्रर्दशनी सुरु भएको कला प्रर्दशनीमा शताव्दी पुरुष सत्यमोहन जोशी निकै बेर घोरिएर हेर्दै थिए। उनी आफ्नै पोट्रेट कला हेरेर मख्ख थिए।
जारी प्रर्दशनीमा जोशीले औँलाले देखाएर आफ्नो विगत सम्झदै भने, ‘यो म ४० वर्ष हुँदातिरको हो।’ आफ्नै अनुहारका विभिन्न भाव झल्कने पोट्रेट देख्दा उनी पुकलित थिए। ‘आफ्नैबारे के बखान गर्नु जनस्तरबाट भएको कामको चाहिँ म प्रशंसा गर्छु,’ उनले भने।
चित्रकला प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका योङ पिकासोले ललितपुरको पाटन दरवारमा गतवर्ष लाइभ पोट्रट कलामार्फत् कोरिएका ४ सय चित्रमध्ये ४० वटा चित्र यहाँ प्रर्दशनीमा छन्। शनिबारसम्म बिहान ११ बजेदेखि ४ बजेसम्म चित्रकला हेर्नसक्ने योङ पिकासोका अहजय देशारले बताए।