विवाहपञ्चमी महोत्सव : तिलकोत्सवमा जनक र दशरथबीच ‘सम्धि’ मिलन

विवाहपञ्चमी महोत्सव : तिलकोत्सवमा जनक र दशरथबीच ‘सम्धि’ मिलन

जनकपुरधाम : त्रेताकालीन युगमा राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार चौथो दिन तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ। तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट २ सय ५१ पाहुर (भार) लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए।

महावीर युवा कमिटीले आयोजना गरेको तिलकोत्सव कार्यक्रममा भगवान रामका अभिभावकलाई जानकीका अभिभावकले कोसेली सहित वस्त्र, गहनाहरु दिएर (टिकाटालो) तिलकाएका थिए। सोही अवसरमा मिथिलानीहरुले वैवाहिक लोकगीतहरु गाएर सीताका अभिभावक जानकी मन्दिरका महन्तसहित तिलकोत्सव समारोहमा सहभागी हुन आएका साधुसन्त, महिला श्रद्धालु गीतमार्फत गाली दिंदै जिस्काएका थिए। लोकगीत मार्फत गालीगलौज गरी जानकी पक्षका अभिभावकलाई गरिएको स्वागतले तिलकोत्सव समारोहमा थप रौनक थपिएको थियो।

सीताको अभिभावकका भूमिकामा रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दासले भगवान रामका अभिभावक राम मन्दिरका महन्त राम गिरीलाई दुई सय एकाउन्न भरिया (कोसेली) सहित नयाँ वस्त्र, गहना लगायतका सामाग्री दिई तिलकोत्सव मनाइएको छ। तिलकोत्सवमा राममन्दिरका महन्त राम गिरी राजा दशरथ र जानकी मन्दिरका महन्त दास राजा जनकका रुपमा अंकमाल गरेका थिए। अंकमाल कार्यलाई यहाँ ‘सम्धि मिलन’ भनिन्छ।

जानकी मन्दिर परिसरबाट गाजाबाजाका साथ निक्लेको कोसेली नगर परिक्रमा गर्दै राम मन्दिर परिसरमा प्रवेश गरेको थियो। कोसेलीमा फलफुल, मिठाइ, पुरी, ठेकुवा, गांजा, बादशाही, खिर, दही च्युरा लगायतका सामाग्रीहरु रामपक्षमा पठाइएको छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित ‘रामायण’मा गरिएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रुपमा मनाउने गरेका छन्।

मिथिलाको परम्परा अनुसार भगवान राम र जनक जननी सीताको बुधबार विवाह पञ्चमी महोत्सव मनाउने कार्यक्रम रहेको छ।  वैवाहिक कार्यक्रमको पूर्व सन्ध्यामा जानकी पक्षबाट राम पक्षमा कोसेली पठाउने चलन छ। रामजानकी विवाह महोत्सवको पाँचौ दिन मंगलबार सीताको मटकोर गरिने भएको छ। पवित्र गंगासागरको माटो ल्याइ मंगलबार साँझ सीताको मटकोर कार्यक्रम गरिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.