भानुमतीको नयाँ पुस्तक

भानुमतीको नयाँ पुस्तक

काठमाडौं : भानुमती नरसिम्हनको ‘सीता : अ टेल अफ एन्सिएन्ट लभ’ पुस्तक विमोचन भएको छ। आर्ट अफ लिभिङले सांगीतिक कार्यक्रमका साथ सो पुस्तक विमोचन गरेको हो। पुस्तककी लेखिका भानुमती  इन्टरनेसनल वुमन्स कन्फरेन्सकी अध्यक्ष एवं आर्ट अफ लिभिङको वुमन वेलफेयर एन्ड चाइल्ड केयरकी निर्देशक पनि हुन्। 

भानुमतीको ‘सीता : अ टेल अफ एन्सिएन्ट लभ’ पुस्तक महिला अधिकारकर्मी डा. आरजु राणा देउवालगायतले विमोचन गरेका थिए।   

लंकाका राजा रावणबाट अपहरित भएपछि अशोक वाटिकामा टहल्दै गर्दा सीताको आफ्नै विगतका सम्झनाहरूको संगालोले पाठकलाई अन्तिमसम्म तानेर राख्छ। मिथिला क्षेत्रकी प्रिय राजकुमारी सीता भारतीय इतिहासमा अत्यन्त सम्मानित नारी हुन्। उनले सत्यलाई आत्मसात गर्दै जीवनको हरेक संघर्षलाई आदर्शका साथ स्वीकारिन्। उनै सीताका बारेमा भानुमतीले आफ्नो पुस्तकमा वर्णन गरेकी छन्। 

पुस्तकका बारेमा बोल्दै डा. आरजु राणाले सीताको सहनशील र शान्त व्यक्तित्व बहादुरीको प्रतीक रहेको बताइन्। ‘रावणजस्तो शक्तिशाली, धनी, पराक्रमी र बुद्धिमानले पनि उनको दृढता, सहनशीलता र साहसलाई जित्न सकेन। कलिलो उमेरमै उनले प्रदर्शन गरेको परिपक्वता र बुद्धिमत्ता सदैव उदाहरणीय छ’, राणाले भनिन्। पुस्तककी लेखिका भानुमतीले सीताको जीवनप्रतिको बुझाइ जहिले पनि स्वार्थरहित र सत्यवादी रहेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.