कांग्रेस महाधिवेशन काठमाडौंमा : कहाँ-कहाँ गरियो होटल बुकिङ ?

कांग्रेस महाधिवेशन काठमाडौंमा : कहाँ-कहाँ गरियो होटल बुकिङ ?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा आउने प्रतिनिधिलाई राजधानीको सुन्धारा, ठमेल र गौशालामा बस्ने व्यवस्था गरिएको छ। 

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले राससलाई जानकारी दिए। महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए। 'चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौं', पाण्डेले भने। समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ। 

'अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ', संयोजक पाण्डेले भने। मंसिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.