सबैको सांगीतिक मञ्च

सबैको सांगीतिक मञ्च

काठमाडौं : नेपाल आइडल सिजन–४ बिहीबारदेखि प्रशारण हुँदैछ। एपीवान टेलिभिजनमा साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी शो हो। देशका कुना कन्दरामा लुकेका क्षमतावान प्रतिभाहरूलाई स्तरीय सांगीतिक मञ्च दिने नेपाल आइडलले नेपालभित्र मात्रै नभई विश्वभर रहेका नेपाली भाषीकोे माया पाएको छ। 

डिजिटल सिस्टममा गएको नेपाली सांगीतिक बजारमा अस्वस्थ प्रतिस्पर्धा छ। यहाँ भाइरल हुनकै लागि गीत गाउने र लेख्नेको होडबाजी छ। यही होडबाजीलाई चिर्नका लागि नेपाल आइडलले उत्कृष्ट मञ्च प्रदान गर्दै आएको छ। बजारमा अहिले नेपाल आइडलकै उत्पादनहरूको माग बढ्दो छ। यो मञ्चबाट निस्केकाहरूले राम्रै प्रगति पनि गरिरहेका छन्। 

पछिल्लो समय टेलिभिजनमा दर्शकको रुचि घटिरहेका बेला एपीवान टेलिभिजनले सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’कोे सुरुवात गरेको हो। नेपाल आइडल सुरु भइसकेपछि नेपालमा धेरै रियालिटी शोहरू भित्रिए। राजनीतिक विषयमा अल्झिरहेको नेपाली टेलिभिजनको साँघुरो घेरालाई भत्काउन नेपाल आइडल सफल भयो। सिजन–४ सम्म आइपुग्दा नेपाल आइडलले धेरै आरोहअवरोहको घुम्ती पार गर्‍यो। 

नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले कठिन चुनौतीलाई पार गर्दै नेपाल आइडल सबै नेपालीको मनमा बस्न सफल भएको बताए। आफैले बनाएको इतिहासलाई जोगाउने र थप राम्रो गर्ने चुनौती नेपाल आइडललाई थपिएको बताउँदै उनले यसपटकको कार्यक्रमले अझ बढी दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। ‘नेपाल आइडल नेपाली संगीतमा उदाउने चाहना बोकेका हजारौं संगीतप्रेमीका लागि प्रतिभा देखाउने मञ्च हो। अडिसनका लागि घण्टौं लाइनमा बसेका प्रतिस्पर्धीको उत्साह हेर्दा र निर्देशकीय भूमिका निर्वाह गर्दा नेपाल आइडलको हरेक पक्ष प्यारो लाग्छ’, पौडेलले भने।

नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। नेपालले चैत महिनासम्म चौथो नेपाल आइडल पाउने छ। चौथो सिजनका लागि देशभरका करिब पाँच हजार प्रतिस्पर्धी सहभागी थिए। कोभिड–१९ का कारण यस पटकको अडिसन काठमाडौं, पोखरा, विराटनगर र नेपालगन्जमा मात्रै सीमित भयो। तर, डिजिटल अडिसनमार्फत देशभरकै प्रतियोगीलाई समेट्न नेपाल आइडल सफल भयो। 

एपीवान टेलिभिजनले नेपाली दर्शक तथा संगीतप्रेमीका लागि विशाल मञ्च प्रदान गरेको निर्देशक पौडेलले बताए। सिजन–४ मा दर्शकले परिस्कृत रुपमा नेपाल आइडल हेर्न पाउने छन्। कार्यक्रमलाई प्राविधिक रुपमा स्तरीय बनाउन निर्देशकीय टोलीले ठूलो मेहनत गरेको छ। यसैगरी नयाँ जज र उत्कृष्ट प्रतियोगीबीचको सांगीतिक प्रतिस्पर्धाले सबैलाई रोमाञ्चित तुल्याउने छ।

नेपाल आइडलको प्राथमिकतामा आधुनिक र पप गीत धेरै पर्ने गरेको स्वीकार गर्दै निर्देशक पौडेलले नेपाल आइडलले सबै खालका गीत संगीतलाई स्थान दिने बताए। ‘कहिले देउडा विशेष गछौं त कहिले मधेशको गीत। कहिले नेपाली ठाडो भाका त कहिले लोकदोहोरी गीत। जुनसुकै गीत गाउन सहभागी स्वतन्त्र छन्। लोकगीत गाएर अडिसन पास गर्ने पनि धेरै छन्’, उनी भन्छन्।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले नेपाल आइडल विशुद्ध सांगीतिक कार्यक्रम भएकाले यसको नाफा घाटाको हिसाब नगरेको बताए। एपीवान टेलिभिजनको लोकप्रिय कार्यक्रम नेपाल आइडलले देशका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई सांगीतिक क्षेत्रमा ल्याएको बताउँदै अध्यक्ष थापाले दर्शकहरूलाई कहिल्यै पनि निरास नपार्ने प्रतिबद्धता पनि व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.