हिमालयनलाई उपाधि
![हिमालयनलाई उपाधि](https://annapurnapost.prixacdn.net/media/albums/Himalayen_20211208014629_KJ1NmyBO8t.jpg)
गुलरिया : हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले दोस्रो बर्दिया प्रिमियर लिगको उपाधि जितेको छ। बर्दियाको गुलरियामा भएको फाइनलमा स्टार क्रिकेट एकेडेमी भैरहवालाई १५ रनले हराउँदै हिमालयनले उपाधि जितेको हो।
उपाधि विजेता हिमालयनले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पायो। यसैगरी उपविजेता स्टार एकेडेमीले ५१ हजार एक सय ११ रुपैयाँमा चित्त बुझायो।
टस जितेर पहिले ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४५ रन जोडेको थियो। हिमालयनका पुरन बिकले ५० रनको अर्धशतकीय पालि खेले। यसैगरी आयुष्मान बमले २५ रन बनाए। स्टार एकेडेमीका सुरज खड्काले दुई विकेट लिए। यसैगरी रुपेश बस्याल र पुरु भट्टराईले एक/एक विकेट हात पारे।
एक सय ४६ रनको लक्ष्य पछ्याएको स्टार एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रन मात्रै बनाउन सक्यो। स्टार एकेडेमीका कप्तान विशाल खत्रीले ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)