प्रेमीसँग मिलेर श्रीमानको हत्या, कारको डिक्कीमा शव बोकेर घुमे

प्रेमीसँग मिलेर श्रीमानको हत्या, कारको डिक्कीमा शव बोकेर घुमे

भोपाल : भारत मध्य प्रदेशको राजधानी भोपालमा आफ्नो प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन्। पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए ।

घटना मंगलबारको हो। अपरान्ह एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर पतिको हत्या गरेको प्रहरीलाई बताएकी थिइन्। सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् । लगत्तै प्रहरीले कारको डिक्की खोल्दा त्यहाँ रगतले लतपतिएको शव भेट्यो । प्रहरीले तत्काल ती महिला र उनको साथमा आएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

संगीता नाम गरेकी ती महिलाले आफ्नो पतिले आफूमाथि शंका गर्ने र आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेपछि प्रेमीसँग मिलेर पतिको हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छन् ।

संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको भारतीय संचारमाध्यमहरुमा समाचार छ।

आफ्नी पत्नीको पाण्डेसँग सम्बन्ध रहेको थाहा पाएपछि पति/पत्नीबीच झगडा भइरहन्थ्यो । त्यही कारण पत्नीले प्रेमिसँग मिलेर पतिको हत्या गर्ने योजना बनाएकी थिइन्।

यसरी गरिन् पतिको हत्या

हत्या गर्ने रात संगीताले श्रीमान् धनराजलाई काडाँ पानी बनाएर दिइन् । त्यसमा पतिले थाहा नपाउने गरी स्लीपिङ ट्यावलेटको १० गोली हालिदिइन् । त्यस पछि धनराज सुते र उनी मस्त निदाए।

त्यसपछि संगीताले आफ्नो प्रेमी पाण्डेलाई घरमा बोलाइन् । पाण्डेले मस्त निदाइरहेका धनराजको टाउकोमा पटकपटक रड प्रहार गरेर हत्या गरे । हत्यापछि शव  आफ्नो गाडीको डिक्कीमा राखे र दुवैजना मिलेर शव व्यवस्थापन गर्न खोजे । तर, उनीहरुले जसरी भएपनि प्रहरीले आफूहरुलाई पक्राउ गर्ने अनुमान गरे । त्यसपछि लगत्तै उनीहरुले प्रहरीसमक्ष आत्मसर्मपण गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.