भारतीय सेनाको हेलिकोप्टर दुर्घटना : विपीन रावत गम्भीर घाइते

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना : विपीन रावत गम्भीर घाइते

चेन्नई : हेलिकोप्टर दुर्घटनामा भारतीय चिफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत गम्भीर घाइते भएका छन् । तामिलनाडुको कुन्नुरस्थित घना जंगलमा बुधबार भएको सेनाको हेलिकोप्टर दुर्घटनामा परि उनी गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइते बनेका रावतलाई वेलिङटनस्थित सैनिक अस्पतालमा भर्ना गरिएको र उनको पछिल्लो अवस्थाबारे भने कुनैपनि आधिकारिक जानकारी उपलब्ध नभएको भारतीय मिडियामा खबर छ।

१४ जना भारतीय सेनाका वरिष्ठ अधिकारी सवार सेनाको हेलिकोप्टर तामिलनाडुस्थित कुन्नुरको घना जंगलमा दुर्घटनाग्रस्त भएको हो । सो हेलिकोप्टर दुर्घटनामा परि  ११  जनाको मृत्यु भएको छ भने अन्य तीनजनाको उद्धार गरिएको बताइएको छ। मृतक ११ जनाको शव भेटिएको छ।

रावत आफ्नी पत्नीका साथ वेलिंगटनमा आयोजित एक कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमार्फत सवार हुँदै थिए । सो कार्यक्रममा रावतले वक्तव्य दिने कार्यसूची थियो। रावत भारतीय सेनाका पुर्वस्थल सेनाध्यक्ष समेत हुन् ।

यसअघि रावत चढेको हेलिकोप्टर सन् २०१५ फेब्रुअरी ३ मा नागाल्याण्डस्थित दिमापुरमा दुर्घटनामा परेको थियो। सो समयमा भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको पदमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.