भारतको चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

भारतको चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

नयाँ दिल्ली: भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। रावतसहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन्।

उनले ट्वीट गर्दै हेलिकोपुटर दुर्घटनामा विपीन रावत, उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। 

रावत सवार हेलिकोप्टर आज तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको थियो। भारतीय वायु सेनाको एमआइ-१७भी५ को डबल इन्जिन रहेको हेलिकोप्टर दुर्घटना भएको थियो। यसबारे सरकारले आधिकारी धारणा सार्वजनिक गरेको छैन। 

सरकारले रावतलाई १ जनवरी २०२० मा पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरेको थियो। वायु सेनाले दुर्घटनाको अनुसन्धान गर्न नर्देशन दिएको छ। 

Deeply anguished by the sudden demise of Chief of Defence Staff Gen Bipin Rawat, his wife and 11 other Armed Forces personnel in an extremely unfortunate helicopter accident today in Tamil Nadu.

His untimely death is an irreparable loss to our Armed Forces and the country.

— Rajnath Singh (@rajnathsingh) December 8, 2021

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.