फरार अभियुक्त १४ वर्षपछि पक्राउ
सन्धिखर्क : अर्घाखाँचीमा लागुऔषध मुद्धाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको पाणिनी गाउँपालिका ८ बस्ने ६२ वर्षीय रोसन अली मियालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।
उनलाई लागुऔषध मुद्धामा गुल्मी जिल्ला अदालतले २०६४ असार १० गते ३ वर्ष कैद तोकेको थियो । तर उनी फरार थिए । उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रनाउ थापाले बताए।