अवैध ढल निकासी गर्ने एक बेलायती कम्पनीलाई १५ लाख युरो जरिवाना

अवैध ढल निकासी गर्ने एक बेलायती कम्पनीलाई १५ लाख युरो जरिवाना

लण्डन : अवैधरुपमा ढल निकासी गर्ने एक बेलायती कम्पनीले झन्डै ४ वर्षपछि जरिवानास्वरुप १५ लाख युरो तिर्नु परेको छ । खानेपानी कम्पनी सेभर्न ट्रेन्टले दुई महिनामा अवैधरुपमा ढल निकासी गर्दा सो रकम जरिवाना तिर्नु परेको हो ।

बेलायतको किन्डरमिन्स्टर मजिस्ट्रेट अदालतले सो कम्पनीलाई १५ लाख युरो जरिवाना सुनाएको हो । गार्जियनकाअनुसार वर्सेस्टरसायरमा अवस्थित सेभर्न ट्रेन्टले करिब ३६० लिटर कच्चा पानी र ढल अवैध रुपमा निकासी गरेको थियो ।

सो ढल निकासी अव्यवस्थित बनेकोले अन्य पानी प्रशोधन प्लान्टले समेत क्षति व्यहोर्नु परेको भन्दै सो कम्पनीविरुद्ध अदालतसमक्ष मुद्धा चलिरहेको थियो । सो मुद्धामा सेभर्न ट्रेन्ट यसअघि नै दोषी ठहरिएको थियो ।

सन् २०१८ फेब्रुअरी र अगष्टमा सो कम्पनीले आफ्नो वेस्टवाटर ट्रिटमेन्ट प्लान्टस (खेर गएको पानी शुद्धिकरण) बाट अवैधरुपमा ढल निकासी गरेको त्यहाँको वातावरण विभागले बताएको छ । साथै सो कम्पनीलाई १५ लाख युरो जरिवानासहित ५८ हजार ४ सय अभियोजन लागत तिर्न अदालतले आदेश दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.