बेलायती प्रधानमन्त्री बोरिसलाई पुत्री लाभ

बेलायती प्रधानमन्त्री बोरिसलाई पुत्री लाभ

लण्डनः बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ। उनकी श्रीमती क्यारिले दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी छन् । उनले बिहीबार बिहानै लण्डन अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । क्यारिले यसअघि सन् २०२० अप्रिलमा बिहेपूर्व पहिलो छोरी जन्माएकी थिइन् ।

प्रधानमन्त्री बोरिस दम्पतीले आफूहरुले स्वस्थ्य बच्चा पाएको बताएका छन् । हाल प्रधानमन्त्री बोरिसकी श्रीमतीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरुले बताइएका छन् ।

बेलायतको प्रधानमन्त्री निवासको कार्यालयभित्र खुलेआम लिभिङ टुगेदरमा बस्ने बोरिस दम्पती पहिलो अविवाहित जोडि हुन् । ५७ वर्षीय प्रधानमन्त्री बोरिस र ३३ वर्षीया क्यारि सन् २०२१ मेमा विवाह बन्धनमा बाँधिएका थिए ।

बोरिस क्यारिका पहिलो श्रीमान हुन् भने क्यारि बोरिसकी तेस्रो श्रीमती हुन् । बोरिसले अघिल्ला श्रीमतीबाट पाँच सन्तान पाएको एबीसी न्युजमा खबर छ ।
प्रधानमन्त्रीको कार्यालयमा हुँदा सन्तान सुख पाउने बोरिस चौथो प्रधानमन्त्री हुन् । यसअघि डेभिड क्यामरुन, टोनी ब्लयेरले समेत प्रधानमन्त्री पदमा छँदा सन्तान सुख प्राप्त गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.