दुर्घटना हुनु सात मिनेट अघि नै सम्पर्क विहिन थियो सैनिक हेलिकोप्टर

दुर्घटना हुनु सात मिनेट अघि नै सम्पर्क विहिन थियो सैनिक हेलिकोप्टर

नयाँ दिल्ली : भारतको चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपीन राउत चढेको सेनाको हेलिकोप्टर दुर्घटना हुनु सात मिनेट अघि नै संम्पर्क विहिन भएको थियो । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले  हेलिकप्टर दुर्घटना हुनुभन्दा केही मिनेटअघि सम्पर्कविहीन भएको बताएका हुन् ।

दुर्घटनाको कारण थाहा हुन सकेको छैन । रक्षामन्त्री सिंहले संसदमा बोल्दै सीडीएस रावत बोकेको हेलिकप्टर दुर्घटना हुनु भन्दा सात मिनेटअघि नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको बताएका छन् ।  

रक्षामन्त्री सिंहले छानविन प्रक्रिया अघि बढिसकेको समेत संसदलाई जानकारी गराएका छन् ।  ब्लयाक बक्स भेटिसकेकाले छानविनमा सहजता हुने रक्षामन्त्री सिंहले संसदमा भनेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.