सीडीएस रावतको आज अन्तिम संस्कार
नयाँ दिल्ली : हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको आज अन्तिम संस्कार हुँदैछ । भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा राउत, उनकी पत्नी र अन्य ११ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।
रावतको अपरान्ह अन्तिम संस्कार हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ सीडीएस विपीन रावतको पार्थिव शरीरमा पुष्प अर्पण गरेका थिए । प्रधानमन्त्री मोदीले बिहीबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका रावत सहित उनकी पत्नी र अन्य ११ जना सैनिक अधिकारीको पार्थिव शरीरमा पुष्प अर्पण गरेका हुन् । तमिलनाडूमा भएको दुर्घटनामा परी रावत सहित १३ जनाको मृत्यु भएको थियो ।
रावत सहित अन्य सैनिक अधिकारीको शव बिहीबार नयाँ दिल्ली ल्याइएको थियो । रावत लगायत अन्य सैनिक अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री मोदीले पुष्प अर्पण गर्दा रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभाल, तीनै सेनाका प्रमुख लगायत अन्य सेनाका वरिष्ट अधिकारीहरुको उपस्थिती रहेको थियो ।