द्वन्द्वको समाधान गर्न नेपालको ‘मोडल’ उदाहरणीय : प्रधानमन्त्री देउवा

द्वन्द्वको समाधान गर्न नेपालको ‘मोडल’ उदाहरणीय : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार सो कुरा बताएका हुन्। 

 
सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति प्रक्रियाको मोडल सबैका लागि उदाहरणीय भएको बताएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

कांग्रेस सभापति समेत रहेका देउवाले लोकतन्त्र र लोकतान्त्रिक रुपान्तरणको यात्रामा नेपालको अनुभव सुनाउँदै शान्ति प्रक्रियामार्फत् भएका उपलब्धिहरूको चर्चा गरे। नेपालमा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा निर्वाचित संविधानसभाले लोकतान्त्रिक र समावेशी संविधानको निर्माण गरेको उनले बताए। 

सम्बोधनमा प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाटै जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै नेपालले लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकासका विषयलाई प्राथमिकता दिएको बताए।
प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशी प्रतिनिधित्व र शान्ति प्रक्रिया पूरा गर्नेलगायतका विषयमा नेपालको प्रतिबद्धता पनि व्यक्त गरे। 

प्रधानमन्त्री देउवाले नागरिकको मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रताको संरक्षणजस्ता विषयवस्तुहरु नेपालको बहुदलीय प्रजातन्त्रका प्रमुख विशेषता भएको पनि स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.