माओवादी केन्द्रको अधिवेशन जनकपुरधाममा हुँदै
जनकपुरधाम : नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुन लागेको छ। शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन अन्तर्गत भोलि प्रचण्डले गर्ने जानकारी गराए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश २ सहित ७ वटै प्रदेशको अधिवेशनलाई एक्कैपटक समुदघाटन गर्ने कार्यक्रम रहेको प्रदेश २ का सचिव जोगकुमार बरबरिया यादव ‘जीवन’ले जानकारी दिए।
उद्दघाटन सत्रको लागि तयारी तीव्र पारिएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले बताए। उनले उद्दघाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्चुअल माध्यमबाट सम्बोधन गर्ने समेत बताए। प्रदेश २ मा २ सय ७१ सदस्यी कमिटीका लागि अधिवेशन हुँदैछ। संयोजक प्रहलादले उदघाटन सत्र शनिबार भएपछि बन्द सत्र पुस ३ गतेदेखि हुने बताए।
अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै १ हजार अधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। १ सय ३६ पालिकबाट ६ सय, आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि अधिवेशनमा भाग लिने उनले बताए।
माओवादी केन्द्रको प्रदेश २ को अधिकांश पालिकामा अधिवेशन सम्पन्न भएको र बाँकी रहेका पालिकाहरुमा पनि बन्दसत्र अगावै सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ। उदघाट्न सत्रमा स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।