१७ तोपको सलामी दिँदै सीडीएस विपीन रावतको अन्तिम संस्कार गरियो
नयाँ दिल्ली: हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको अन्तिम संस्कार गरिएको छ। उनीसहित उनकी श्रीमती मधुलिका रावतको पनि अन्तिम संस्कार गरिएको छ। दिल्ली क्यान्टकव बरार स्क्वायरमा अन्तिम संस्कार गरिएको थियो। उनका छोरीहरुले अन्तिम संस्कार गरेका थिए।
अन्तिम संस्कारमा रक्षामन्त्री राजनाथ सिंह पनि सहभागी थिए। १७ तोपको सलामी दिँदै अन्तिम श्रदाञ्जली गरिएको थियो। भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा रावत, उनकी पत्नी र अन्य ११ जना सैनिक अधिकारीको मृत्यु भएको थियो।
त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीडीएस विपीन रावतको पार्थिव शरीरमा पुष्प अर्पण गरेका थिए।