ट्रक पल्टीदाँ मृत्यु हुनेको संख्या ५४ पुग्यो
मेक्सिको : ट्रक पल्टीदाँ मृत्यु हुनेको संख्या ५४ पुगेको छ । अन्य १ सय ५ जना घाइते भएका छन् । दक्षिण मेक्सिकोमा बिहीबार भएको दुर्घटनामा ५४ जनाको मृत्यु भएको हो ।
मेक्सिकोका विदेशी मन्त्री मार्सलो एब्रार्डले मृत्यु हुनेमा केही विदेशी नागरिक समेत भएको बताए ।
दुर्घटना ग्वाटेमालाको बोर्डर नजिक भएको हो ।