जापानमा ओमिक्रोनको संक्रमण बढ्यो, संक्रमितको संख्या १२ पुग्यो
टोक्यो : जापानमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेको छ । अमेरिका,मोजाम्बिक,नामिविया र कंगोबाट आएकाहरुमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको हो ।
पछिल्लो पटक जापानमा ८ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले शुक्रबार जापानमा ओमिक्रोनबाट संक्रमित हुनको संख्या १२ पुगेको जनाएको छ ।
फरक फरक उडानमा उनीहरुसँग आउने पाँच उडानका ४ सय ७० यात्रु समेत उच्च जोखिममा परेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । संक्रमित मध्ये केहीलाई उच्च ज्वरो देखिएको छ ।
कंगोबाट आएका एक जनामा ज्वरो आएको भनिएको छ । संक्रमित मध्ये केहीले कोरोना विरुद्दको खोप लगाएका छन् भने केहीले लगाएका छैनन्।