नयाँ भेरियन्टको त्रास : सभा, सम्मेलन र -यालीमा रोक
मुम्बाइ : मुम्बाइमा कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ बढेपछि महाराष्ट्र सरकारले सभा, सम्मेलन र -यालीमा प्रतिबन्ध लगाएको छ । महाराष्ट्रमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढन थालेपछि सरकारले सभा सम्मेलन गर्न कडाइ गरेको हो ।
महाराष्ट्रमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १७ पुगेको छ । शुक्रबार मात्र महाराष्ट्रमा ओमिक्रोनका ७ केस देखिएका थिए । जसमा मुम्बाइमा तीन र पिंपरीमा ४ जनामा नयाँ भेरियन्ट देखिएको भारतीय संचारमाध्यहरुमा खबर छ ।
डिसेम्बर ११ बाट महाराष्ट्र सरकारले यस्तो नियम लागु गरेको हो । भारतमा अहिले सम्ममा ओमिक्रोनबाट संक्रमित हुनको संख्या ३२ पुगेको छ ।