प्रदेश २ : लोसपाको अध्यक्षमा सोनल मनोनित

प्रदेश २ : लोसपाको अध्यक्षमा सोनल मनोनित

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २ का अध्यक्षमा जितेन्द्र सोनललाई मनोनयन गरिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई अध्यक्षमा चयन गरेका हुन्। 

लोसपा नेपालको अन्तरिम विधान अनुसार प्रदेश अध्यक्षको जिम्मेवारी उनलाई दिइएको हो। त्यस्तै प्रदेश २ का सचिवमा नेता रामविनोद चौधरी (पप्पु)लाई जिम्मेवारी दिइएको छ।

४ जिल्लामा अध्यक्ष चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का ८ मध्ये ४ जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, बारा र पर्सामा जिल्ला अध्यक्ष चयन गरेका हुन्।

पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयत गरेको छ। लोसपा नेपालको अन्तरिम विधान अनुसार चारै जनालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ।

लोसपाले प्रदेश २ का बाँकी चार जिल्ला सर्लाही, रौतहट, सिरहा र सप्तरीमा चाँडै जिल्ला अध्यक्षहरु चयन गरिने जनाएको छ। त्यस्तै, अध्यक्ष ठाकुरले उमाकान्त झालाई धनुषा र अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकमा मनोनयन गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.