अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या ८४ पुग्यो
न्यूयोर्क : अमेरिकामा आएको विनाशकारी टोर्नाडो आँधीबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ। सीएनएनका अनुसार केन्टकी राज्यमा मात्र कम्तिमा ७० जनाको मृत्यु भएको छ।
टोर्नाडो आँधी ६ वटा राज्यमा आएको हो। सबभन्दा बढी केन्टकीमा आँधीले क्षति पुर्याएको छ।
यसैगरी अझै विभिन्न स्थानमा मानिसहरू फसिरहेको अधिकारीहरूले बताएका छन्। न्युयोर्क टाइम्सका अनुसार केन्टकीको मेफिल्डमा रहेको मैनबत्ति कारखानामा एक सयभन्दा बढी कामदारहरु फसेका छन्।
गर्भनर बेशियरले उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने उल्लेख गरेका छन्।