रकम भेटिन्छ, स्रोत भेटिंदैन

रकम भेटिन्छ, स्रोत भेटिंदैन

काठमाडौं : गत मंसिर १९ गते दरबारमार्ग स्थित एक कपडा पसलबाट ६९ लाख ५० हजार श्रोत नखुलेको रकमसहित पसलका म्यानेजर हिरोसी खनाल प्रक्राउ गरे। महानगरीय प्रहरी वृत्त दरवार मार्गको टोलीले उनलाई प्रक्राउ गरेको हो। 

यही कार्तिक २६ गते कालीमाटीबाट अमरनारायण दास १६ लाख २० हजार ९ सय रुपैयाँसहित प्रक्राउ परे। सप्तरी मलेपुर गाउँपालिकाका २५ वर्षीय दासले उक्त रकम कसको हो ?, कहाँबाट आयो भनेर कुनै आधिकारिक स्रोत खुलाउन सकेनन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको कुनै व्यापार, विजनेश र आम्दानी पनि देखिएको छैन। 

महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले उनलाई नगदसहित शुक्रबार प्रक्राउ गरेको हो। अपराध महाशाखाका अनुसार थप अनुसन्धान र आवश्यक कारवाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको छ। 

गत कार्तिक ३ गते राती भक्तपुर लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित चित्रबहादुर पुन प्रक्राउ परे। बाग्लुङ गल्कोट घर भइ हाल कोटेश्वर बस्ने पुनलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख नगदसहित मनहरा आखा अस्पताल नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा उनको कोठामा खानतलासी गर्दा थप ५० लाख फेला परेको थियो। उनलाई आवश्यक कारवाहीको लागि सम्पति शुद्धीकरण विभागमा पठाइएको छ। 
यस्तै गत असोज १५ गते भारतबाट लुकाइ छिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको १५ लाख ५० हजारसहित तीनजना प्रक्राउ परे। प्रक्राउ पर्नेमा विक्रम पटेल, मुकेश पटेल, बलिराम पटेल रहेका छन्। 

गत भदौ २८ गते जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको नगद ५ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गर्यो। भारतबाट वीरगञ्ज आउने क्रममा ४३ वर्षीय महमद आसिफ अंसारीलाई प्रहरीले पक्राउ गरेको थियो। ना.२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनले हेल्मेटभित्र रकम लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको थियो। 

साउन १८ गते पश्चिम नवलपरासीबाट भारतीय र नेपाली रुपैयाँसहित दुईजना पक्राउ परे। बर्दघाट नगरपालिकामा प्रहरीले ३२ लाख ९० हजारसहित उनीहरुलाई पक्राउ गरेको थियो। उक्त रकमको उनीहरुले स्रोत खुलाउन सकेनन्। प्रहरीले भारत मर्चवारका २७ वर्षीय समिर खान र पश्चिम नवलपरासीका ३५ वर्षीय योगेन्द्र यादवलाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले ९ लाख भारतीय रुपैयाँ र बाँकी १८ लाख ५० हजार नेपाली बरामद गरेको थियो। 

साउन ९ गते नै झापा प्रहरीले स्रोत नखुलेको ४० लाख बढी रकम बरामद गर्यो। झापा गाउँपालिका २ का ५० वर्षीय गौरी मण्डललाई प्रहरीले ठूलो रकमसहित पक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले ४० लाख ३७ हजार ६७० रुपैयाँ बरामद गरेको हो।

जेठ २६ गते नै रौतहटमा पनि प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लियो। चेकजाँचका क्रममा भारतको मोतिहारी का २२ वर्षीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार पक्राउ परेका हुन्। बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूको झोलामा ३० लाख ७६ हजार रुपैयाँ थियो। 

स्रोत नखुलेको रकम बरामद गरेको यी केही उदाहरण मात्रै हुन्। पछिल्लो समय नेपालमा प्रहरीले ठूलो संख्यामा स्रोत नखुलेको रकम बरामद गर्दै आएको छ। भारतसँग सीमा जोडिएका जिल्लाहरु तथा नाकाहरुमा धेरै जसो श्रोत नखुलेको रकम बरामद हुने गरेको छ। पछिल्लो समय काठमाडौंभित्र पनि यस्ता रकम प्रशस्तै भेटिन थालेका छन्। 

प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७४/७५ देखि चालु आर्थिक वर्षको भदौ २९ गतेसम्म ३० करोड ९० लाख ३६ हजार ३४३ रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै २०७७ मंसिर महिनादेखी ७८ कात्तिकसम्म ५ करोड ५६ लाख ७३ हजार श्रोत नखुलेको रकम बरामद गरेको छ। १७ जनालाई प्रक्राउ गरेको छ। 

प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेको उक्त परिणामको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको रकम हो। प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, ०७५/७६ मा १० करोड ८६ लाख २ हजार ९९४, ०७६/७७ मा ५ करोड ७६ लाख ५९ हजार ९१०, ०७७/७८ मा ६ करोड ३६ लाख ३५ हजार ७६० र चालु आर्थिक वर्षको भदौ २९ गतेसम्म २ करोड ८ लाख ५२ हजार रुपैयाँ बरामद गरेको छ। 

बरामद भएको रकम कहाँबाट आउछ ?  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार यस्ता रकम एकथरी अपराध कर्मबाट, गैरकानुनी कार्यबाट आर्जन भएको हुन्छ तर विधिन्न ठाउँमा लगानी गरेर वैध बनाएका हुन्छन्। यसरी आर्जन भएको रकमलाई सम्पत्ति शुद्धीकरणको माध्यमबाट कानुनसम्मत बनाएका हुन्छन्। अर्कोथरी अपराध गरेको छैन तर पैसाको श्रोत खुलाउन नसकेमा पनि यस्तो रकम बरामद हुने गर्छ। हाम्रो कानुनले हरेक व्यक्तिसँग भएको सम्पत्तिको श्रोत खुलाउनपर्ने अनिवार्य व्यवस्था गरेको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार हामो जस्तो भारतसँग खुल्ला सिमाना भएको मुलुकमा सिमानामा हुने व्यापार व्यवसाय गर्दा पनि सम्पत्तिको स्रोत खुलाउन नसक्ने अवस्था छ। सिमानामा रहेको भारतीय बजारमा नेपाली पैसा कारोवार हुन्छ। यस्तै नेपाली बजारमा भारतीय पैसा कारोवार हुन्छ। यता उता भएका पैसा आ-आफ्नो देशमा ल्याउँदा पनि प्राय स्रोत खुलेको देखिंदैन। यस्तो रकम भन्सारमा जाने गर्छ। 

बरामद रकम कहाँ जान्छ ? 

प्रहरीले बरामद गरेको स्रोत नखुलेको रकम नेपाल सरकारको धरौटी खातामा जम्मा हुन्छ। राजस्व छली र हुण्डी कारोबारको रकम छ भने राजस्व अनुसन्धान विभागमा जान्छ। क्रश बोर्डरमा बरामद रकम हो भने भन्सारमा जान्छ। यस्तै स्रोत नखुलेको रकम देखिएमा सम्पत्ति शुद्धीकरणमा जान्छ। 

अनुसन्धान अधिकृतले दिएको जानकारी अनुसार प्रहरीले प्रक्राउ गरेको व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त रकमको श्रोतको खोजी गर्छ। उक्त रकम कानुनसम्मत देखिएमा फिर्ता हुन्छ। बरामद रकम गैरकानुनी ठहरेमा मात्रै अवस्थामा विभागले अदालतमा मुद्धा अगाडि बढाउँछ। प्रमाण जुटाउने काम पनि विभागकै हो। यसरी बरामद रकमको मुद्धामा वर्षौंसम्म पनि अनुसन्धान चलिरहेको हुन्छ। निकै कम केसमा मात्रै यस्तो रकम सम्बन्धित व्यक्तिलाई फिर्ता हुने सम्भावना हुन्छ। सामान्यतया यसरी बरामद भएको श्रोत नखुलेको रकम सरकारकै हुने गर्छ। 

नेपाल प्रहरीको प्रवक्ता वसन्त कुँवरका अनुसार कानुनसम्मत गरेका कामबाट प्राप्त रकम स्रोत खुलेको हुन्छ। यस्तो रकम प्रहरीले बरामद गर्न मिल्दैन। कानुन अनुसार सम्पत्ति आर्जन गर्ने अधिकार नेपाली नागरिकलाई छ। 

सरकारले तोकेको मापदण्ड मिचेर भइरहेको कारोबारबाट बरामद भएको रकम नेपाल सरकारको खातामा जाने गर्छ। आफ्नो हरेक काम तथा व्यापार व्यवसायलाई कानुनसम्मत बनाउनको लागि उनको अनुरोध छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.