चीनले ८ लाख तिब्बती बालबालिकालाई अभिभावकबाट अलग्यायो

चीनले ८ लाख तिब्बती बालबालिकालाई अभिभावकबाट अलग्यायो

बेइजिङः चीनले करिब ८ लाख तिब्बती बालबालिकालाई आफ्ना अभिभावकबाट अलग्याएको खुलेको छ। तिब्बत एक्सन इन्स्टिच्युट (टिएआई)को रिपोर्टले तिब्बती बालबालिकालाई चिनियाँ संस्कृतिमा ढाल्न करिब ८ लाख बालबालिकालाई अभिभावकबाट अलग्याएको हो।

टिएआइकाअनुसार ६ देखि १८ वर्ष उमेर समूहका करिब ८ लाख तिब्बती बालबालिकालाई चीनले आफ्नो उपनिवेशमा रहेका बोर्डिङ स्कुलमा राखेको छ। ती बालबालिकाहरुलाई तिब्बतको बौद्ध धर्म र त्यहाँको संस्कृतिबाट टाढा राखेर चिनियाँ संस्कृति लाद्न आफ्ना अभिभावकसँग अलग्याएर टाढा राखेको सो रिपोर्टको निष्कर्ष छ।

तिब्बतमा शिक्षाका वैकल्पिक मार्गको अभाव र चीन सरकारको दमनका कारण अभिभावकहरु बलबालिकासँग अलग्गिन बाध्य भएको तिब्बतको नेसनल रिभ्यु म्यागजिनले उल्लेख गरेको छ। अभिभावकबाट अलग्गिएका बालबालिकाले तिब्बती संस्कृति, धर्म र भाषा सिक्नबाट वञ्चित हुने र उनीहरु चिनियाँ संस्कारअनुसार हुर्किने प्रक्षेपण विश्लेषकहरुले गरेका छन्।

अमेरिकामा विनाशकारी आँधीबाट मर्नेको संख्या सय पुग्यो

न्युयोर्कः अमेरिकामा आएको विनाशकारी आँधी टोर्नाडोबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ। गार्जियनका अनुसार केन्टुकी राज्यका विभिन्न क्षेत्रमा मात्र आँधीका कारण मर्नेहरुको संख्या एक सय पुगेको हो।

टोर्नाडो आँधी मध्य र दक्षिणी अमेरिकाका विभिन्न ६ वटा राज्यमा आएको थियो। शुक्रबार राति आएको सो आँधीले अर्कान्ससदेखि केन्टुकीसम्म सबैभन्दा बढी क्षति पुर्‍याएको बताइएको छ।

यसअघि यस्तैखाले विनाशकारी आँधी सन् १९२५ मा आएको थियो। सो समयमा आएको आँधीले इन्डियाना, इलिनोइस र मिसौरी राज्यमा ६९५ मानिसको ज्यान गएको थियो भने १५ हजारभन्दा बढी घर भत्काएको थियो।

टर्कीमा अवैध अंगप्रत्यारोपण बढ्यो

इस्तानबुलः टर्कीमा अवैधरुपमा अंग प्रत्यारोपणमा वृद्धि भएको छ। टर्कीका अधिकारीहरुले अवैधरुपमा व्यापार गरी मानव अंगप्रत्यंग प्रत्यारोपणमा वृद्धि भएको हो।

टर्कीको राजधानी इस्तानबुलमा रहेका जोर्डान र प्यालेस्टेनी तस्कर सञ्जालहरुले विभिन्न मुलुकबाट मानव तस्कर गर्ने टर्कीमा व्यापार गर्ने गरेको अरब न्युजमा समाचार छ। टर्कीका विभिन्न अस्पतालहरुमा तस्करहरुले ल्याएका विभिन्न १० मानिसमध्ये ४ जनाको अवैधरुपमा अंगप्रत्यंग प्रत्यारोपण हुने गरेको अरब न्युजले उल्लेख गरेको छ।

तस्करहरुको गिरोहले नक्कली प्रमाणपत्र बनाउने र अस्पताल पठाउने गरेको र एउटा केसबापत करिब ५० हजार डलर असुल्ने गरेको खुलेको छ। सो सूचना पाएपछि टर्कीका अनुसन्धान अधिकारीहरु र प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताइएको छ।

बंगलादेशद्वारा अमेरिकी प्रतिबन्धको विरोध

ढाकाः  बंगलादेश सरकारले अमेरिकाले लगाएको प्रतिबन्धको विरोध गरेको छ। सरकारले बंगलादेशको अर्धसैनिक इकाई, सुरक्षाकर्मी प्रमुख, राष्ट्रिय प्रहरी प्रमुखमाथि अमेरिकाले लगाएको प्रतिबन्धको विरोध गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले शुक्रबार मानव अधिकार आयोग हनन् गरेको आरोपमा बंगलादेशको अर्धसैनिक इकाई र्‍यापिड एक्सन बटालियन (आरएबी)र अन्य अधिकारीविरुद्ध प्रतिबन्धको घोषणा गरेको थियो। बंगलादेशी निकायका ती अधिकारीहरुले शक्तिको दुरुपयोग गर्दै सन् २०१८ देखि हालसम्म करिब ६ सयभन्दा बढीको अन्यापूर्ण तरिकाले हत्या गरेको र हजारौंलाई बेपत्ता पारेको भन्दै बाइडेन प्रशासनले प्रतिबन्ध लगाएको थियो। अमेरिकाले चीन, उत्तर अमेरिकार र म्यानमार सेनामाथि समेत प्रतिबन्धको घोषणा गरेको थियो।

अफगानिस्तानमा वायु प्रदुषणले गम्भीर अवस्था नाघ्यो

काबुलः अफगानिस्तानको राजधानी काबुलमा वायु प्रदुषणले सीमा नाघेको छ। वायु प्रदुषणले आइतबार खराब अवस्था पार गर्दै गम्भीर अवस्था नाघेको हो। काबुलका सरकारी एवं निजी अस्पतालका स्वास्थ्यकर्मीहरुले दुषित वायुका कारण स्वासप्रश्वासका बिरामी बढेको बताएका छन्। बढ्दो वायु प्रदुषणप्रति अफगानिस्तानको तालिवान सरकारले चिन्ता व्यक्त गरेको बताइएको छ।

काबुल नगरपालिकाले सबै स्थानीयलाई वायु प्रदुषण घटाउन सहकार्य गर्नुपर्ने बताएको छ। संसारका वायु प्रदुषित सहरमध्ये काबुल १०औं खराब वायु भएको सहरमा पर्ने गर्छ। अफगानिस्तानका बासिन्दाले जाडोयाममा दाउरा र अन्य जैविक इनधनको खपत बढी गर्ने भएकाले त्यहाँको वायु खराब बन्ने गरेको बताइन्छ।

सिसिलीमा भवन भत्किदाँ कम्तीमा १ को मृत्यु, १२ बेपत्ता

रोमः इटालीको रेवानुसामा भवन भत्किदाँ कम्तीमा १ को मृत्यु भएको छ भने १२ मानिस बेपत्ता भएका छन्। रेवानुसाको सिसिलि सहरमा आइतबार बिहान भवन भत्किँदा सो संख्यामा मानिस बेपत्ता भएका हुन्।

आइतबार बिहान भवनभित्र ग्यास चुहिएर विस्फोट भएको थियो। विस्फोटपछि एउटा ठूलो भवन र अन्य  तिनवटा घर भत्किएका थिए। स्थानीय मिडियाका अनुसार आपत्कालीन उद्धारकर्ताहरुले भवनभित्र रहेका मानिसको उद्धार गरिरहेका छन्। हालसम्म ३ महिलाको उद्धार गरिएको छ भने १२ अझै बेपत्ता भएको स्थानीय मिडियामा खबर छ। मृतकको संख्या अझै बढ्नसक्ने अनुमान अधिकारीहरुले गरेका छन्।

कोभिड प्रतिबन्धविरुद्ध अष्ट्रियामा विशाल प्रदर्शन

भियनाः अष्ट्रियाको राजधानी भियनामा नागरिकहरुले विशाल प्रदर्शन गरेका छन्। कोभिड प्रतिबन्धविरुद्ध करिब ४४ हजारभन्दा बढीले विशाल प्रदर्शन गरेका हुन्। पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेपछि अष्ट्रियामा सरकारले कोभिडको जोखिम कायमै रहेको भन्दै चौथो पटक लकडाउन घोषणा गरेको थियो। चौथो पटकको लकडाउन आइतबार सकिने भए पनि कोभिडविरुद्ध पूर्ण खोप नलगाएकाहरुका लागि भने कोभिड प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो।

कोभिड १९ विरुद्ध खोप नपाएका अधिकांश नागरिकहरुले सरकारले गरेको कोभिड १९ प्रतिबन्धको विरोध गर्दै प्रदर्शनमा भाग लिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सो प्रदर्शनीमा शनिबारमात्र करिब ४४ हजारले प्रदर्शन गरेका छन्। कोभिड प्रतिबन्धको विरोधमा स्पेनमा पनि शनिबार शान्तिपूर्ण प्रदर्शन गरिएको बताइएको छ।

तब्लिगी जमातमाथि साउदी अरबले लगायो प्रतिबन्ध

रियाधः साउदी अरब सरकारले सुन्नी मुस्लिम समुदायको सबैभन्दा ठूलो संगठन तब्लिगी जमातमाथि प्रतिबन्ध लगाएको छ। सरकारले तब्लिगी जमात समाजको लागि खतरनाक रहेको भन्दै सो जमातमाथि प्रतिबन्ध लगाएको हो।

साउदी अरबको इस्लाम मामिला मन्त्रालयले सुन्नी इस्लामिक संगठनलाई आतंकवादी बताउँदै समुदायका मानिससँग संगत नगर्नसमेत निर्देशन दिएको छ। साउदी अरब सरकारको सो निर्णयले तब्लिगी जमातमाथि गहिरो असर पर्नसक्ने विश्लेषकहरुले बताएका छन्।

तब्लिगी जमातले सुन्नि इस्लाम धर्म प्रवर्द्धन गर्न आफ्नो संख्या बढाउन जबरजस्ती गर्ने गरेको मन्त्रालयको भनाइ छ।

पूर्वी चीन सागरमा जहाज डुब्दा कम्तीमा ४ को मृत्यु

हिनानः पूर्वी चीन सागर कोस्टमा कार्गो जहाज डुब्दा कम्तिमा ४ मानिसको मृत्यु भएको छ। आइतबार बिहान यान्ताई सहरको कोस्टमा कार्गो जहाज डुब्दा कम्तिमा ४ मानिसको मृत्यु भएको हो।

सो जहाज दुर्घटनामा परी ७ मानिस अझै हराइरहेको सिन्ह्वा न्युजमा खबर छ। दुर्घटनामा परेका अन्य तीन मानिसको भने सकुशल उद्धार गरिएको बताइएको छ। करिब १४ क्रू सदस्य बोकेको कार्गो जहाज दुर्घटनामा परेको थियो।

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.