पूर्ण मात्रा खोप लगाएका दक्षिण अफ्रिकी राष्ट्रपति रामफोसामा कोरोना संक्रमण

पूर्ण मात्रा खोप लगाएका दक्षिण अफ्रिकी राष्ट्रपति रामफोसामा कोरोना संक्रमण

दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनलाई कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण भएको हो।

उनमा सामान्य लक्षण देखिएको र उनको उपचार भइरहेको छ।

राष्ट्रपति रामफोसाले पूर्ण रूपमा कोरोनाविरुद्धको खोप लगाएका थिए। उनको आइतबार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सैनिक अस्पताल केप टाउनमा लगिएको थियो। 

अहिले उनी अस्पताल परिसरमै आइसोलेसनमा रहेको अलजजिराले जनाएको छ। 

पछिल्लो समय दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिने क्षमता रहेको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। हाल विश्वका दर्जनौँ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिइसकेको छ। 

यसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको छ। यसअघि भारतमा देखिएको डेल्टा भेरियन्ट निकै संक्रामक रहेको थियो। सोही भेरियन्टका कारण धेरै मुलुकमा दोस्रो तथा तेस्रो लहरको कोरोना महामारी फैलिएको थियो।

यद्यपि ओमिक्रोन भेरियन्टको गम्भीर लक्षण हालसम्म पाइएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.