सशस्त्र पुलिस सवार बसमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

सशस्त्र पुलिस सवार बसमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

भारत: जम्मु-कश्मिरको श्रीनगरमा आतंकवादी आक्रमण भएको छ। सोमबार साँझ भारतको सशस्त्र पुलिस सवार बसमा आक्रमण गर्दा दुई प्रहरी  जवानको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्। 

आक्रमणमा कम्तिमा १२ जना घाइते भएको बताइएको छ। उनीहरुको स्वास्थ्य स्थिति गम्‍भीर रहेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। उनीहरुलाई आर्मी अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।

जम्मु-कश्मिरको ९औं बटालीयन सशस्त्र पुलिसको बसमा आक्रमण गरिएको थियो। आक्रमणलगत्तै भारतीय सुरक्षाकर्मीले उक्त क्षेत्रलाई चारैतिरबाट घेरेर सर्च अभियान थालेका छन्।

प्रत्यक्षदर्शीका अनुसार बाइकमा सवार आतंकवादीले बसमा सवार सशस्त्र प्रहरीमाथि फायरिङ खोलेका  थिए। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको सम्पूर्ण जानकारी दिन माग गरेका छन्। मृत्यु भएका प्रहरी जवानलाई श्रदाञ्जली दिँदै उनले जानकारी माग गरेका हुन्।

त्यस्तै जम्मु-काश्मिरका मुख्यमन्त्री अमर अब्दुल्लाले पनि घटनाको विरोध गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.