पाकिस्तानमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट
इस्लामावाद : पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । ओमिक्रोन पाकिस्तानमा देखिएको यो पहिलो घटना हो ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण देखिएको पुष्टी गरेको छ । कराँचीका एक व्यक्तिमा ओमिक्रोन भेटिएको हो ।
दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वको ६३ मुलुकमा फैलिएको छ । बेलायतमा नयाँ भेरियन्टले नराम्ररी असर पारेको छ ।
बेलायतमा सोमबार एक व्यक्तिको ओमिक्रोन संक्रमणका कारण मृत्यु भएको छ ।