बर्दिया–बाँके कम्प्लेक्समा आजबाट बाघ गणना

बर्दिया–बाँके कम्प्लेक्समा आजबाट बाघ गणना

गुलरिया : बर्दिया–बाँके कम्प्लेक्समा बुधबारदेखि बाघ गणना हुँदैछ। बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, मध्यवर्ती क्षेत्रका सामुदायिक वनलगायत बाघ पाइने जंगलहरुमा बाघ गणना शुरु गरिएको हो। 

चितवन–पर्सा कम्प्लेक्समा मंसिर १९ गतेदेखि बाघ गणना शुरु भइसकेको छ। निकुञ्ज कर्मचारी, नेपाली सेना, प्रकृति पथ प्रर्दशक, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरु, ईको क्लबका विद्यार्थीहरु गरी करिब १ सय जना कर्मचारीहरु गणनामा संलग्न रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। बाघ गणनाका लागि स्वचालित क्यामरा जडान गर्न १० वटा हात्तीको प्रयोग भएको छ। क्यामरा जडान गर्न तस्बिरहरु संकलन गर्न १ महिना लाग्छ। संकलित तस्बिरहरु २/३ महिना एनालाईसिस गरेपछि मात्र नतिजा सार्वजनिक गर्छौं। 

श्रेष्ठले भने, 'हामीलाई बाघ आक्रमणको त्रास प्रमुख चुनौती हो। क्यामरा बाघले फोडीदिने, चोरी हुने लगायत टेलिफोन नेटवर्कले काम नगर्ने पनि हामीलाई समस्या पर्छ। मध्यवर्ती क्षेत्रहरुमा क्यामरा चोरी हुने सम्भावना रहेकाले नेपाल प्रहरीसँग समन्वय गरेका छौं।' गणना स्थलहरु सम्म पुग्नका लागि वनपथ व्यवस्थापन गरिएको उनले जानकारी दिए। सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे अनुरुप नेपालमा बाघ संरक्षणमा चाँसो दिए अनुसार बाघको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।     

बर्दियामा बाघको घनत्व बढेको निकुञ्जको अनुमान छ। बाघ दोब्बर पार्ने प्रतिवद्धताको मिति नजिकिँदै गर्दा बाघ गणना गर्न थालिएको उनले प्रष्ट्याए। पछिल्लो तथ्यांक अनुसार नेपालमा चितवन (९३), बर्दिया (८७), बाँके (२१) पर्सा (१८) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा (१६) गरी २ सय ३५ वटा पाटेबाघ छन्। राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लूडब्लूएफ, जेड एसएल नेपालको स्रोत साधन तथा प्राविधिक सहयोगमा राष्ट्रिय बाघ गणना शुरु भएको छ। तर सीमावर्ती भारतीय आरक्षहरुमा यस वर्षसँगै बाघ गणना शुरु भएको छैन। केही समयपछि भारतमा पनि बाघ गणना शुरु हुने बुझिएको छ। 

भारतको कर्तनियाघाट वन विहार र नेपालको खाता जैविक मार्गहुँदै बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुहरु ओहोर दोहोर गर्छन्। एकैसाथ बाघ गणना नहुँदा दुवै देशको क्यामरामा एकै बाघ कैद भए विश्व बाघ संख्यामा डुब्लिकेसी हुने सम्भावना रहन्छ। बाँके–बर्दिया कम्प्लेक्समा ८१६ वटा ग्रिडमा क्यामेरा राख्ने तयारी भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरियाले बताए। जसमध्ये बर्दियामा ४१८ र बाँकेमा ३९८ वटा ग्रिड छन्। 

'एउटा ग्रिड २ वाई २ को हुन्छ। प्रति ग्रिड दुई वटा (जोडी) अटोमेटिक क्यामराका दरले १६ सय ३२ वटा क्यामरा जडान गर्छौं। जसमा बर्दियामा मात्र ८३६ वटा क्यामरा जडान हुन्छ। कुनै क्यामरा हराए वा चोरी भए पुन सोही ठाउँमा अर्को क्यामरा जडान गर्छौ' कडरियाले भने, 'हामीले बाघ गणनामा निकुञ्जलाई प्राविधिक सहयोग उपलब्ध गराएका छौं। गणनाका क्रममा बाघबाट आक्रमण हुने सम्भावना रहेकाले उच्च सर्तकता अपनाएर गणना गर्ने तयारीमा छौं।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.