१२ जना सडक बालबालिकालाई प्रहरीले गर्यो विद्यालय भर्ना

१२ जना सडक बालबालिकालाई प्रहरीले गर्यो विद्यालय भर्ना

गुल्मी : गुल्मीका १२ जना सडक बालबालिकालाई प्रहरीले विद्यालय भर्ना गरेको छ । गुल्मीको सदरमुकाम तमघास बजारमा माग्दै हिँड्ने बालबालिका प्रहरीको सहयोगमा विद्यालय भर्ना भएका हुन् । बिहान जुरुक्क उठेपछि बजारका पसलमा माग्ने र चोरी कार्यमा समेत संलग्न हुन थालेपछि ती बालबालिकाहरुलाई विद्यालय भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार ती बालबालिका केही अभिभावक नभएका अनाथ हुन् भने केही मजदुरका छोराछोरी विद्यालय पढ्न छोडेर सडकमा हिँड्ने बालबालिका रहेका छन् । प्रहरीले उनीहरुलाई विद्यालय पोशाक, जुत्ता, झोलालगायतका सामग्री प्रदान गरी विद्यालय पठाएको जनाएको छ । १२ जना बालबालिकामध्ये महेन्द्र नमुना मावीमा चार,समतामा चार,सिद्धवावा मावीमा तीन र उपल्लो तमघास मावीमा एकजना भर्ना गरिएको छ ।

तमघास बजारमा सडक बालबालिकाले समूहमा माग्दै हिँड्ने,पसलमा चोरी गर्ने र सार्वजनिक स्थलमा फोहोर गर्नेलगायतका काममा सक्रिय रहेका थिए । बालबालिका क्रियाकलापमा अभिभावकले चासो नदिँदा यस्तो समस्या आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईले बताए।

उनका अनुसार प्रहरीले अभिभावकलाई सचेत गराउँदै आएको छ । बालबालिका विद्यालयमा निरन्तर उपस्थितिका लागि अभिभावक र विद्यालयको सहयोग आवश्यक रहेको भट्टराईले उल्लेख गरे । जिल्लामा पछिल्लो समय विद्यालय छाडेर घर–घरमा माग्दै हिँड्ने सडक बालबालिकाको संख्या बढ्दो छ । बालबालिकाको व्यवस्थापन गर्न प्रहरीले पटक–पटक प्रयास गरिरहेको छ ।

तर, जिल्लामा बालबालिकाका लागि संरक्षण गर्ने कुनै संघ संस्था र निकाय सक्रिय नहुँदा दिगो समाधान भने हुन सकिरहेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.