घुससहित वडा सचिव नियन्त्रणमा
भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (ना.सु) मोहम्मद सिद्दिकलाई घुससहित नियन्त्रणमा लिएको छ । विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ हजार रुपैयाँ घुससहित वडा कार्यालयबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।
वडा सचिवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।