भियतनाममा भ्रष्टाचारविरुद्ध कलम चलाउँदा १० वर्ष जेल

भियतनाममा भ्रष्टाचारविरुद्ध कलम चलाउँदा १० वर्ष जेल

हानोइ : भ्रष्टाचारविरुद्ध कलम चलाउँदा एक अभियन्ता एवम् लेखकमाथि भियतनामको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ। एकदलीय कम्प्युनिस्ट राज्य भएको भियतनाम सरकारले गरेको भ्रष्टाचारविरुद्ध आलोचना गरेको आरोपमा अदालतले अभियन्ता दो नम ट्रङलाई बिहीबार सो सजाय सुनाएको हो ।

सामाजिक सञ्जालमार्फत राज्यमाथि भ्रष्टाचारको आरोप लगाउँदै राज्यविरोधी सामग्री फैलाएको आरोप दो नममाथि लागेको थियो । उनी जुलाई १९ मा सोहि आरोपमा पक्राउ परेका थिए ।

सो आरोपमा उत्तरी भियतनामको पिपुल्स कोर्टले भियतनामको दण्ड संहिताको धारा ११७ अन्र्तगत १० वर्षको जेल सुनाएको हो । विभिन्न सामाजिक आन्दोलनका अगुवा बनेका दो नम पछिल्लो समय भियतनाम सरकारले गरेको भ्रष्टाचारविरुद्ध खुलेआम कलम चलाउँदै र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.