जनकपुरधाम उप–महानगरमा पुनः विवाद, मेयरको सुरक्षामा प्रहरी तैनाथ

जनकपुरधाम उप–महानगरमा पुनः विवाद, मेयरको सुरक्षामा प्रहरी तैनाथ

जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाका जनप्रतिनिधिबीच पुनः विवाद चर्किएपछि मेयरको सुरक्षामा प्रहरी तैनाथ गर्नुपर्ने परेको छ। वडाको योजना परिवर्तन गरेको आरोप लगाउँदै छलफल गर्न उप–महानगरपालिका पुगेका वडाध्यक्ष, उप–मेयर र मेयर लालकिशोर साह पक्षबीच तनाव भएपछि मेयरको सुरक्षामा सुरक्षाकर्मी परिचालन गरिएको हो।

उपमेयर रिता मिश्र झा र वडाध्यक्ष र मेयर पक्षबीच पक्षबीच हो–हल्ला भएपछि उप–महानगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एक कर्मचारीका अनुसार सुरक्षाकर्मीले नरोकेको भए आज मेयर साह र वडाध्यक्षहरु बीच झडप नै हुने अवस्था थियो। विवाद साम्य भएपछि वडाध्यक्षहरु बाहिर निस्किएका थिए।

आफूखुशी वडाको योजना परिवर्तन गरिदिएको र सो विषयमा छलफल गर्न भनेपछि मेयर साहले बाहिरका मान्छे बोलाएर आक्रमण गराउन खोजेको आरोप वडा ३ का अध्यक्ष दिपेन्द्र साहले आरोप लगाए। उनले भने, ‘हामीले अधिकृतलाई राखेर छलफल गर्न भन्यौं। तर मेयर साहले बाहिरका गुण्डा बोलाएर छलफल गर्न भनेपछि विवाद भएको हो।’

‘इनार सौन्दर्यीकरण गर्न र चमटोलीको सडक पिसिसि ढलान गर्ने लगायतका योजना पेश गरेको थिए’, वडाध्यक्ष साहले भने, ‘तर सबै योजना काटेर अर्को योजना राखिदिएको छ। यो मेयर साहको बदमासी हो।’ योजना परिवर्तन नै गर्नुपरे बोलाएर छलफल गर्नुपर्नेमा त्यसो नगरेको उनको गुनासो छ। ७ नम्बर र अन्य वडामा पनि मेयर साहले वडाको योजना काटेर आफूखुशी योजना राखिदिएको उनको आरोप छ। मेयर साहले गरिरहेको मनपरी विरुद्ध बोलेकै कारण आफूहरुलाई समस्यामा पार्ने काम मेयरले गरेको वडा ७ का अध्यक्ष जानकीराम साह बताए। उनले वडाको योजनाहरु नसच्याए आन्दोलन गर्ने चेतावनी समेत दिए।

यसअघि जनकपुरधाम उप–महानगरपालिका मेयरको कार्यकक्षमा वडाध्यक्षहरुलाई तालाबन्दी गरिएको थियो। सफाई बिना दुर्गन्धित बनेको जनकपुरधाम उप–महानगरपालिकाको सफाईको कर्मचारीलाई काममा लाग्न आग्रह गर्न गएका वडाध्यक्षलाई दुव्र्यवहार गरेपछि वडाध्यक्षहरु मिलेर मेयरको कार्यकक्षमा तालाबन्दी गरेको थियो। जनकपुरधाम उपमहानगर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.