बिरामीको मिर्गौलामा १५६ वटा पथरी देखिएपछि...

बिरामीको मिर्गौलामा १५६ वटा पथरी देखिएपछि...

हैदरावादः भारतको हैदरावादस्थित एक अस्पतालका चिकित्सकहरुले एउटै बिरामीको किड्नीबाट १५६ वटा पथरी निकालेका छन्। प्रिती युरोलोजी एण्ड किड्नी अस्पतालका चिकित्सकहरुले ५० वर्षे विरामीको किड्नीबाट सो संख्यामा पथरी निकालेका हुन्।

ठूलो शल्यक्रिया विना नै ती बिरामीको किड्नीबाट १५६ वटा पथरी निकालेको अस्पतालले दाबी गरिएको छ। ५० वर्षीय बिरामी कर्नाटकस्थित एक विद्यालयका शिक्षक रहेको बताइएको छ। सो संख्यामा विरामीको मिर्गौलाबाट पथरी निकालिएको हालसम्म देशकै ठूलो संख्या भएको हिन्दूस्तान टाइम्समा उल्लेख छ।

अचानक पेट दुखेपछि ती शिक्षक अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएका उनको स्वास्थ्य जाँचपछि ठूलो संख्यामा पथरीको टुक्राहरु देखिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ठूलो शल्यक्रिया विना ल्याप्रोस्कोपी र इन्डोस्कोपीको माध्यमबाट बिरामीको किड्नीबाट पथरी निकालिएको हो।

ती बिरामीको किड्नीमा विगत दुई वर्षदेखि पथरी जमेको हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुले हिन्दुस्तान टाइम्ससँग बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.