१३ सय बढी खुट्टा भएको जीव भेटियो, टिकटकमा दिइएको धम्कीले अमेरिकाका विद्यालय बन्द

१३ सय बढी खुट्टा भएको जीव भेटियो, टिकटकमा दिइएको धम्कीले अमेरिकाका विद्यालय बन्द

सिड्नीः अष्ट्रेलियाका वैज्ञानिकहरुले पृथ्वीमा सबैभन्दा बढी खुट्टा भएको जीव फेला पारेका छन्। वैज्ञानिकहरुले लामो शरीर भएको र सबैभन्दा बढी खुट्टा भएको जमिनमुनि बस्ने जीव फेला पारेका हुन्।

वैज्ञानिकहरुले १३ सय ६ वटा खुट्टा भएको मिलिपिड जीव फेला पारेका हुन्। करिब ९५ मिटर लामो शरीर भएको सो मिलिपिड पश्चिमी अष्ट्रेलियाको जमिनमुनी फेला परेको हो।

यसअघि करिब ७५० वटा खुट्टा भएको मिलिपिड अमेरिकाको क्यालिफोर्नियामा फेला परेको थियो। ७५० खुट्टा भएको सो मिलिपिडले सबैभन्दा बढी खुट्टा हुने जीवको रुपमा रेकर्ड बनाएको थियो। मिलिपिड जीव आर्थोपोड समुहमा पर्ने गर्छ। ग्रिक मिथअनुसार जीव हजार खुट्टे जीवको नामले चिनिन्छ। मिलिपिडहरु पृथ्वीमा पहिलो पटक ४ लाख वर्षअघि फेला परेको बताइन्छ। हालः संसारभर करिब १३ हजार मिलिपिड रहेको बताइएको छ।

आइएसआएसमा भारतीय मूलका नागरिक पनि आद्ध

नयाँ दिल्लीः विश्व आतंकवादी समूह इस्लामिक स्टेट (आइएसआइएस)मा भारतीय मूलका नागरिक पनि आबद्ध भएको खुलेको छ। अमेरिकी राज्य विभागको रिपोर्टले भारतीय मूलका ६६ नागरिकले आइएसआइएसको आबद्धता लिएको खुलाएको हो।

भारतको आतंकवादविरोधी निकाय र नेसनल इन्भेष्टिगेटिभ एजेन्सी एनआइएसँगको सहकार्यमा अमेरिकी राज्य विभागले सो रिपोर्ट तयार पारेको हो। बिहीबार आतंकवादसम्बन्धी जारी राष्ट्रिय प्रतिवेदन रिपोर्ट पेस गर्दै अमेरिकी राज्य सचिव एन्टोनि ब्लिंकनले सन् २०२० जनवरीदेखि नोभेम्बर सम्ममा भारतीय मूलका ६६ लडाकुले आइएस सदस्यता लिएको बताएका हुन्।

सो अवधिभर आतंकवादी समूहमा संलग्नता जनाएका अन्य १६० शंकास्पद व्यक्ति भने भारतबाट पक्राउ गरेको बताइएको छ।

फिलिपिन्समा आँधीबाट १२ को मृत्यु

म्यानिलाः फिलिपिन्समा आँधीका कारण कम्तीमा १२ मानिसको मृत्यु भएको छ। बिहीबार फिलिपिन्स पुगेको खतरनाक आँधी ताइफुन रेइका कारण शुक्रबारसम्म कम्तीमा १२ को मृत्यु भएको हो।

आँधीपछि आएको हुरी बतास र वर्षाका कारण भौतिकरुपमा झन ठूलो क्षति भएको अधिकारीहरुले बताएका छन्। आँधीले विद्युत् र अन्य सञ्चार सेवासमेत अवरुद्ध बनेको बताइएको छ। अधिकारीहरुका अनुसार आँधीका कारण स्थानीय अस्पताल र अन्य संरचनाहरु भत्किएका छन्। आँधीबाट प्रभावित र सम्भावित क्षेत्रमा बिहीबार कम्तीमा ३० हजार स्थानीय बासिन्दाको उद्धार गरिएको थियो। प्रभावित क्षेत्रमा सेना र प्रहरीले स्थानीयको उद्धार गरिरहेको बताइएको छ।

ताइफुन रेई आँधीले बिहीबार पूर्वी, पश्चिीमी, उत्तरी र दक्षिणी फिलिपिन्स क्षेत्रमा प्रवेश गरेको थियो। सो आँधी प्रतिघण्टा १९५ किलोमिटरको वेगमा फिलिपिन्सको विभिन्न क्षेत्रमा प्रवेश गरेको त्यहाँको मौसम विभागले जनाएको छ। शुक्रबार आँधीको सो वेग घटेर प्रतिघण्टा १५५ किलोमिटरको वेगमा झरेको बताइएको छ।

राकको बाढीमा कम्तीमा ८ को मृत्यु

इर्विलः उत्तरी इराकमा वर्षापछि आएको बाढिका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। कुर्दिस्तानको इर्विल क्षेत्रमा मुसलधारे वर्षापछि आएको बाढीका कारण शुक्रबार कम्तीमा ८ जनाको मृत्यु भएको हो।

कुर्दिस्तान प्रान्तका गर्भनर ओमिद खोशनाका अनुसार देशले चरम खडेरी सामना गरिरहेको बेला इर्विल क्षेत्रमा अचानक मुसलधारे पानी परेको थियो। सो वर्षापछि आएको बाढीका कारण महिला र बालबालिका गरी ८ जनाको ज्यान गएको छ भने केही मानिस अझै हराइरहेका छन्।

बाढीका कारण सयौं मानिस विस्थापित बनेको समेत उनले बताएका छन्। बाढीका कारण सडकमा भएका विभिन्न यातायातका साधन बगेको समेत बताइएको छ। सरकारले अनावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सबैलाई सुरक्षित स्थानतर्फ सर्न सूचना जारी गरेको छ।

कराचीको जेलमा ७१ कैदी हेपाटाइटिसबाट संक्रमित

कराचीः कराचीको एक जेलमा कम्तीमा ७१ कैदीमा हेपाटाइटिस रोग संक्रमण देखा परेको छ। कराचीस्थित मालिर जिल्ला कारागारमा थुनिएका नयाँ कैदीहरुमा हेपाटाइटिस बि र सी संक्रमण देखा परेको हो।

जिल्ला कारागारमा सञ्चालित १० दिने स्वास्थ्य शिविरको क्रममा कैदीमा हेपाटाइटिस संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्। जिल्ला कारागारमा थुनिएका ७१ कैदीमा हेपाटाइटिस बी र सी संक्रमण देखा परेको र संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको कारागारद्वारा शुक्रबार जारी विज्ञप्तिले जनाएको छ।

संक्रमित कैदीहरु लागुऔषधको कुलतमा फसेको र हेपाटाइटिसको शिकार भएको डन न्युजमा खबर छ। हालः कारागारमा रहेका ३ हजार ३९६ कैदीहरुलाई हेपाटाइटिसविरुद्धको खोप लगाइएको बताइएको छ।

तालिवानद्धारा दुई दशकपछि नयाँ बजेट तयार

काबुलः अफगानिस्तानको तालिवान सरकारले दुई दशकपछि पहिलो पटक नयाँ बजेट तयार गरेको छ। विदेशी सहायताविना नै तालिवान सरकारको अर्थ मन्त्रालयले नयाँ राष्ट्रिय बजेट तयार गरेको हो।

अर्थ मन्त्रालयका प्रवक्ताले सो जानकारी दिएका हुन्। करिब दुई दशकसम्म विदेशी सहायतामा निर्भर रहेको अफगानिस्तानमा तालिवान सरकारले पहिलो पटक राष्ट्रिय बजेट तयार गरेको मन्त्रालयका प्रवक्ता अहमद वाली हक्मलले बताएका छन्।

सन् २०२२ डिसेम्बरसम्म पुग्नेगरी नयाँ बजेट तयार पारिएको बताइएको छ। यद्यपि, सरकारले तयार पारेको बजेटको पूर्ण विवरण भने उल्लेख गरिएको छैन। विभिन्न अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा चरम आर्थिक संकट छाएको र तत्कालका लागि खर्बौ डलर विदेशी सहायता चाहिएको बताउँदै आएका थिए। नयाँ बजेट स्वदेशी आम्दानीबाटै तयार पारिएको तालिवानले जनाएको छ। तालिवान सरकारले अमेरिकी डलरमा प्रतिबन्ध लगाइसकेको छ।

औधोगिक क्षेत्रबाट निस्कने रसायनयुक्त धुवाँ झनै विषाक्त

पेरिसः औधोगिक क्षेत्रबाट निस्कने वायु झनै विषाक्त हुने नयाँ अध्ययनले देखाएको छ। सो क्षेत्रबाट निस्कने धुवाँ रसायनयुक्त हुने हुँदा सो धुवाँ वायुमा मिसिदा विष पैदा गर्ने ग्लोबल स्टडिको अध्ययनले देखाएको हो।

विश्वव्यापीरुपमा गरिएको सो अध्ययनले कलकारखाना एवं औद्योगिक क्षेत्रबाट निस्कने धुवाँ झनै हानिकारक हुने देखाएको हो। नेचर म्यागजिनमा हालै प्रकाशित सो रिपोर्ट विश्वका विभिन्न मुख्य सहरको नमूना संकलनपछि तयार पारिएको थियो। सबैभन्दा बढी उद्योगधन्दा र कलकारखाना सञ्चालन भएका संसारका मुख्य १८ ठूला सहरको वायुसमेत परीक्षण गरिएको थियो।

ती सहरहरुमा वायु प्रदुषणले अन्धकार नदेखिए पनि त्यस्ताखाले शहरको वायु कैयौं गुणा विषाक्त हुने अध्ययनले पुष्टि गरेको छ।

टिकटकमा गोलीबारीको धम्की भाइरल बनेपछि अमेरिकाका विद्यालय बन्द

न्युयोर्कः टिकटकमा गोलीबारी र बम विस्फोट हुने धम्कीपछि अमेरिकाका केही विद्यालय बन्द गर्न सूचना जारी गरिएको छ। अमेरिकाका विभिन्न राज्यमा अवस्थित विद्यालयमा गोलीबारी र बम विस्फोट हुने भन्दै टिकटक पोष्ट भाइरल बनेपछि शुक्रबारका लागि विद्यालय बन्द गर्न सूचना जारी गरिएको हो।

टिकटकमा भाइरल बनेको सो पोष्टपछि एरिजोना, कनेक्टिकट, इलिइओनोइस, मोन्टाना, न्युयोर्क र पेन्निसिल्भानियाका विभिन्न विद्यालय र क्याम्पसमा बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको र अनुसन्धान जारी राखिएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ।

अज्ञात व्यक्तिले सो धम्कीसहितको पोष्ट एरिजोना राज्यबाट टिकटकमा अपलोड गरेको बताइएको छ। यद्यपि, सो धम्कीलाई टिकटकमा गरिएको चुनौतिको रुपमा लिइएको बताइएको छ। टिकटकले सो पोष्टबारे अनुसन्धान जारी राखेको बताएको छ।

हैटीमा बन्धक बनेका सबै अमेरिकी धर्म प्रचारक छुटे

पोर्ट औ प्रिन्सः हैटीमा बन्धक बनेका सबै अमेरिकी धर्म प्रचारक छुटेका छन्। हैटीको अपहरणकारी समुहले अपहरण गरी बन्धक बनाएका अमेरिकाका क्रिष्चियन धर्म प्रचारक दुई महिनापछि छुटेका हुन्।

हैटीको प्रहरी र चर्च समुहले शुक्रबार सो जानकारी दिएको हो। प्रहरीकाअनुसार हैटीमा बन्धक बनेका अमेरिकाका बाँकी धर्म प्रचारक बिहिबार सकुशल छुटेका हुन्।

करिब दुई महिनाअघि हैटीको शसस्त्र अपहरणकारी समुहले अमेरिकाका १७ क्रिष्चियन धर्म प्रचारक समुहलाई अपहरण गरि थुनामा राखेको थियो। सो समुहले धर्म प्रचारक १७ जनामध्ये पाँच जनालाई यसअघि नै अपहरणमुक्त गरेको थियो। बाँकी रहेका १२ जनालाई बिहिबार बन्धक मुक्त गराएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.