प्रकाशको गतिमा ओमिक्रोन फैलिरहेको छ : फ्रान्सेली प्रधानमन्त्री
पेरिस : फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले प्रकाशको गतिमा युरोपेली मुलुकमा ओमिक्रोन भाइरस फैलिरहेको बताएका छन् ।
फ्रान्सका प्रधानमन्त्री कास्तेक्सले बेलायत र अन्य युरोपेली मुलुकमा देखिरहेको ओमिक्रोन संक्रमण नयाँ वर्षको सुरुवातमा फ्रान्समा देखिने खतरा रहेको चेतावनी दिएका हुन ।
बेलायतबाट आउने यात्रुहरुलाई फ्रान्सले प्रतिवन्ध लगाएको छ। बेलायतमा सवै भन्दा बढी ओमिक्रोन संक्रमण फैलिएको छ । शुक्रबार मात्र १५ हजार जनामा ओमिक्रोन संक्रमण देखिएको बीबीसीमा समाचार छ ।
जर्मनीमा समेत ओमिक्रोन फैलिन नदिन उच्च सर्तकता अपनाइएको छ ।