स्कुल खोले लगत्तै फैलियो कोरोना, मुम्बाईमा १६ विद्यार्थीमा कोरोना
नयाँ दिल्ली : मुम्बाईमा विद्यालय खोले लगत्तै कोरोना संक्रमण बढेको छ । मुम्बाईको एक स्कुलका विद्यार्थीहरुमा परिक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको समाचार आजतकमा छ ।
मुम्बाईको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार एक विद्यार्थीका बाबु केही दिन अघि कतारबाट फर्किएका र उनको बच्चाबाट कोरोना भाइरस स्कुल सम्म पुगेको जनाएको छ ।
परिक्षण गर्दा बाबुकाे रिपोर्ट नेगेटिभ आएको थियो । तर उनका छोरामा कोरोना पोजेटिभ देखिएको थियो ।
ती बच्चाको सम्पर्कमा भएका अन्य विद्यार्थीहरुको परिक्षण गर्दा स्कुलका अन्य १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।